उर्जा

पहिरोपीडित २२ परिवारले घरपरिवारले एक वर्षपछि नयाँ घर पाए

पर्वत । बस्ती माथिबाट आएको पहिरोका कारण घरवारविहीन बनेका पर्वतका २२ घरपरिवारले एक वर्षपछि नयाँ घर पाएका छन् । उत्तरी पर्वतको जलजला गाउँपालिकाका वडा नं ४, ७ र ८ का २२ परिवारलाई नयाँ घर हस्तान्तरण गरिएको हो ।

विसं २०७५ साउन १ गतेको बाढी पहिरोपीडितलाई असल छिमेकी नेपाल, पोखरेली ख्रिष्टियन समुदाय, सिजिके र आइएनफए संस्थाको सहयोगमा निर्माण भएका घर हस्तान्तरण गरिएको हो । जलजला गाउँपालिका–८ बेरनेटामा मा १७, वडा नं ७ लस्तीमा चार र वडा नं ४ मिलनचोकमा एक पहिरोपीडितका लागि दुईकोठे घर निर्माण भएको हो ।

रु ९३ लाख ९४ हजार लागत अनुमान गरिएको पहिरोपीडितको घर पुनःनिर्माणका लागि रु ७९ लाख २८ हजार बराबरको सिमेन्ट, रड, जस्तापातालगायत निर्माण सामग्री सहयोग गरिएको हस्तान्तरण कार्यक्रममा जानकारी गराइएको थियो ।

व्यक्तिले चर्चेका सार्वजनिक जग्गामा उनीहरुलाई हटाएर सुकुम्बासी पीडितलाई प्रतिघर साढे दुई आनाका दरले घर बनाउन जग्गा उपलब्ध गराएको जलजला–८ का वडाध्यक्ष हरिविकास जिसीले बताएका छन । संस्थाको निर्माण सामग्री र प्राविधिक सहयोगमा पीडित आफैँले घर पुनःनिर्माण गरेका वडाध्यक्ष जिसीले बताएका छन । लामाखेतमा औपचारिक कार्यक्रम गरेर पहिरोपीडितलाई घर निर्माण भएको प्रमाणपत्र र साँचो वितरण गरिएको थियो ।

घर पुनःनिर्माण भएपछि आफन्तकहाँ र डेरामा बस्नुपर्ने समस्या हटेकामा पीडितहरुले खुशी व्यक्त गरेका छन् । केही पीडितले पहिलेको पहिरो नथामिएका कारण दाताको सहयोगमा नयाँ घर बनाए पनि असुरक्षाका कारण तत्काल त्यहाँ बस्न नसकिने बताएका छन् ।

पहिरोपीडितलाई घर हस्तान्तरणका लागि आउनुभएका गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत र पर्वतका प्रजिअ कल्पना घिमिरेले असुरक्षित ठाउँमा घर बनाउने खर्चले सुरक्षित ठाउँमा जग्गा खोजेर उपलब्ध गराउन सकेको भए राम्रो हुने बताएका छन । अधिकांश पहिरोपीडित दलित समुदायका छन् । भिरको फेदीको पाखोमा घर बनाएर बस्दै आएका उनीहरु सुकुम्बासी हुन् ।

बाल यौन दुव्र्यवहारको अभियोगमा वडा सदस्य पक्राउ

नौ वर्षिया बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा पर्वतको कुश्मा नगरपालिकाका एक जनप्रतिनिधि पक्राउ परेका छन् । कुश्मा नगरपालिका वडा नं ९ का निर्वा्चित वडा सदस्य ६९ वर्षीय विष्णुहरि पराजुली पक्राउ परेका हुन् ।

पराजुलीले साउन ६ गते सोही स्थानमा बसोबास गर्ने बालिकालाई यौन दुव्र्यवहार गरेको पीडित परिवारको उजुरीपछि मङ्गलबार गाउँबाटै पक्राउ गरिएको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिएका छन । आरोपित पराजुलीलाई मङ्गलबार नै जिल्ला अदालत पर्वतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

उक्त घटना यसअघि गाउँमै आर्थिक लेनदेनमा मिलाउने प्रयास भएको भए पनि पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि पक्राउ गरिएको प्रहरी निरीक्षक रायमाझीले जानकारी दिएका छन । आरोपित पराजुली गत स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट विजयी भएका हुन् ।