विचार/ब्लग

महिला दिदीबहिनीहरु! तपाईलाई विदेशीले जतिबेला श्रीमती बनाउन चाह्यो बन्नुपर्छ, नआउनुस्

जीवन न्यौपाने/म सुरक्षा गार्डको रुपमा काम गर्न, सोनार सेक्युरिटी कम्पनिमार्फत् नेपाली २०६६ साल मंसिर महिनाको १२ गतेका दिन म बहराइन आएँ,
म बहराइन आउँदा चार जनाको ग्रुपमा थिएँ, एयरपोर्टमा बहराइनको समय १ः३० बजे प्लेन अवतरण भयो, हामी चारैजना प्लेनबाट ओर्लिएर बाहिर आयौं । हामी सबैजनाको विदेश पहिलो यात्रा भएकोले नयाँ नयाँ ठाउँ अनौठो लाग्नु स्वभाबिक थियो। केहीबेरको बाहिरको कुराई पछि हामीलाई लिन कम्पनीको गाडी आयो । हामीपनि गाडी चढेर गन्तब्यतर्फ लाग्यौं । हामीलाई ड्राइभरले अरुपनि नेपाली साथीहरु भएको ठाउँमा लगेर छाडिदियो ।

यसै कम्पनीमा मेरो ठुलिआमाको छोरो “दाई” पनि कार्यरत भएकोले कारणले गर्दा खासै असजिलो महसुस भएन । साँझमा पुगेकोले गर्दा त्यो दिन खाना साना खाएर सुत्यौं। भोलिपल्ट मात्र बहराइनलाई हल्का नियाल्ने अवसर मिल्यो, नयाँ नयाँ ठाउँ अनौठो लाग्नु स्वभाबिक नै थियो । शुरुमा त्यहाँका मान्छेले लगाउने पोसाक देखेर हामी छक्क पर्यौं । छोरा मान्छेहरूले सेतो कपडा तल देखि माथि सम्म लगाउने रहेछन्, झट्ट हेर्दा हाम्रो नेपालमा बाबु आमा खसेर बरखी बारेको जस्तो लाग्ने “तोप” गाउँदा रहेछन् भने, छोरी मान्छेहरूले कालो कपडा त्यो पनि शरीरलाई पुरै ढाक्ने गरी आँखा मात्र देखिनेगरी कपडा अथवा “बुर्का” लगाएको देख्दा अचम्मको साथै हल्का डर पनि नलागेको होइन ।

शुरुमा त्यहाँका मान्छेले लगाउने पोसाक देखेर हामी छक्क पर्यौं । छोरा मान्छेहरूले सेतो कपडा तल देखि माथि सम्म लगाउने रहेछन्, झट्ट हेर्दा हाम्रो नेपालमा बाबु आमा खसेर बरखी बारेको जस्तो लाग्ने “तोप” गाउँदा रहेछन् भने, छोरी मान्छेहरूले कालो कपडा त्यो पनि शरीरलाई पुरै ढाक्ने गरी आँखा मात्र देखिनेगरी कपडा अथवा “बुर्का” लगाएको देख्दा अचम्मको साथै हल्का डर पनि नलागेको होइन ।

बिस्तारै वरिपरि पानी नै पानी अथवा चारैतिर समुन्द्रले घेरिएको बीचमा सानो नेपालको एउटा जिल्ला जत्रो जमीनको टुक्रा, त्यहीं टुक्रो रहेछ बहराइन अथवा नेपालीले त्यहीं टुक्रालाई भन्दा रहेछन् पैसाको खानी । हो म पनि त्यहीं जमीनमा आउनको लागि एकलाख पचास हजार तिरेर आएको हूँ, देश सानो भएपनि नेपालको तुलनामा निक्कै विकास भएको रहेछ। सायद साँच्चै पैसा भएकै कारण होला अथवा पैसाको सही सदुपयोग भएर हो ।

आज भोली भन्दा भन्दै ड्युटी जाने दिनपनि आयो, मेरो ड्युटी बिहानको आठ बजे देखि बेलुकीको आठ बजे सम्म गर्नुपर्ने थियो । सुरु सुरुमा त ड्युटी गर्न सारै गारो भयो, तर के गर्ने अरु विकल्प नै थिएन । गरिबीको पीँडा सम्झेर समय सँगै मन बुझाउँदै गए । जसो तसो चल्दै थियो । बिस्तारै बानी हुँदै गयो, नेपालीहरु पनि ड्युटीगर्ने ठाउमा फोटो खिच्न आउँथे, चिनजान हुँदै गयो अनि मात्र थाहा भयो नेपालीहरु पनि थुप्रै आएका रहेछन् बहराइनमा। मलाई बल्ल मात्र थाहा भयो विदेश के हो, त्यहाँ कसरी काम गर्नुपर्ने रहेछ, के काम गर्नुपर्दो रहेछ, त्यहाका मान्छेहरू कस्ता हुँदा रहेछन ।

विदेशीको पेलाई अनि ४८ डिग्रीको टन्टलानपुर घामको रापमा काम गर्नुपर्छ । त्यैपनि विदेशीलाई चित्त बुझाउनै गाह्रो, खाना खाएर काम गर्नु होइन, पहिला काम गरेर बल्ल खाना खाउ भन्न मात्र आउँछ यिनीहरुलाई । तैपनि उनीहरूको अधिन भन्दा दायाँ बायाँ गरेको मात्र थाहा पाएभने फाँसीको सजाय सम्म दिन पछि नपर्ने निर्दयी मानिसहरू छन् यहाँ ।

हो, म पनि विदेश नेपालमा भन्दा धेरै पैसा कमाउन आएको हुँ, तपाईं पनि त्यहाँ सपना बोकेर आउनु भएको हो तर विडम्बना बिदेसिनेहरुको पीँडा आफ्नो ठाउँमा छ । आएर अलि समय बसेपछि मात्र थाहा हुन्छ विदेशमा कसरी पैसा कमाउँछन् भनेर, दिनभरि १४/१५ घण्टा काम गर्यो, रातमा ४/५ घण्टा भन्दा सुत्न पाइँदैन । विदेशीको पेलाई अनि ४८ डिग्रीको टन्टलानपुर घामको रापमा काम गर्नुपर्छ । त्यैपनि विदेशीलाई चित्त बुझाउनै गाह्रो, खाना खाएर काम गर्नु होइन, पहिला काम गरेर बल्ल खाना खाउ भन्न मात्र आउँछ यिनीहरुलाई । तैपनि उनीहरूको अधिन भन्दा दायाँ बायाँ गरेको मात्र थाहा पाएभने फाँसीको सजाय सम्म दिन पछि नपर्ने निर्दयी मानिसहरू छन् यहाँ । अन्जानमा भएको गल्तीलाई समेत माफ गर्न नजान्ने हुँदा रहेछन्, त्यति मात्र काँहा होर, यहाँ भासा नजान्नेहरूको त झन् ठूलो पीँडा छ, हामीले भनेको उनीहरूले बुझ्दैनन्, उनीहरूले भनेको हामीले बुझ्दैनौ त्यसैले हामीले राम्रो भनेपनि उनीहरूलाई नराम्रो हुन्छ ।

यसरी विदेशमा बस्नेहरूको पीँडा आफ्नै ठाउँमा छ, तपाईं हामी गाउँ घारमा बस्नेहरु चाहिँ अर्काले कमाएर ल्याएको मात्र देख्ने, फलानोले यति कमाएर ल्यायो, उति ल्यायो भन्छौं। तर त्यो फलानोले कसरी, कुन हालतमा, के के भोगेर ल्यायो भनेर सोंच्दैनौं अनि अर्काको देशमा दुईचार पैसामा लोभिएर हाम्फाल्छौं त्यसै कारणले हामी पछुताउनु परेको हो । विदेशमा साह्रै दुःख छ, अधिकाँस विदेश बस्ने अग्रज तथा साथीभाईहरुले भोगिरहनुभएको छ, अनुभव नगर्नेहरुले त सुन्नेमात्र हो ।

विदेशमा लगभग सबैलाई दुःख छ त्यसमा पनि चेलीबेटीको त झन् दर्दनाक पीँंडा छ, हुन त म कुनै लेखक होइन जसले बनाई–बनाई शब्द मिलाएर लेख्ने गर्छ। तरपनि आफ्नो चेलीबेटीको व्यथा देखेर आफ्नो आत्माले सहन नसकी उथल पुथल भई निस्केका वास्तविक कुराहरू कापिको साधा पानामा लेखेर आफ्नो जलिरहेको कलेजोलाई ठण्डा बनाउने कोसिस गर्दै छु।

वास्तवमा नेपाली चेलीहरु अर्काको देशमा आएर नोकरी गर्नु भनेको सबैको एउटै लक्ष्य हो पैसा कमाउने, गरिबीको चपेटामा परेपछि बाध्य हुन्छन् । आफ्नो जन्मभूमि र प्राण प्यारा आफन्तलाई छोडी मीठा मीठा सपना सजाएर सात समुन्द्रपारी पराई भूमि जान्छन्, अर्काको लहै लहैमा लागेर त्यत्तिकै बिदेसिएका छन् । अरूले विदेशबाट कमाएर ल्याएको देखेर त्यतिकै पछि लागेका छन् । सबै भन्दा ठूलो कमजोरी भनेको देखासिखी गर्ने बानी हो। अर्काले थोरै कमाएर ल्याएको देखेर उसलाई पनि विदेश जाने र धेरै कमाएर ल्याउने अनि सुख सयलको जीवन बिताउने सपना बुन्न थाल्छिन् । गाउँका सोझा साझा नारीहरुलाई भए नभएको सेवा सुविधा देखाइदियर विदेश पठाउने अनि कमिसन खान खोलिएका ठग मेनपावर प्रसस्त छन् नेपालमा।

हो वास्तवमा नेपाली चेलीले विदेशमा गएर पुरुषले भन्दा पनि बढी दुःख गर्नुपर्छ, अधिकाँसले विदेशीले जे भन्यो त्यही मान्नुपर्छ, जे बनायो त्यही बन्दिनुपर्छ श्रीमती बनाउन चाहेको बेला श्रीमती बन्दिनु पर्छ, नोकर्नी बनाउन चाहेको बेला नोकर्नी बन्दिनुपर्छ, रखेल बन्दिनुपर्छ । दिनभरि आफ्नो ज्यानको ख्यालै नगरी, भोक प्याँस, इच्छा आकाँक्षा सबै त्यागेर काम गर्नुपर्छ, त्यति मात्र नभएर उनीहरूको इच्छा आकाँक्षा समेत पुरा गर्दिनुपर्ने बाध्यता आउँछ ।

हो वास्तवमा नेपाली चेलीले विदेशमा गएर पुरुषले भन्दा पनि बढी दुःख गर्नुपर्छ, अधिकाँसले विदेशीले जे भन्यो त्यही मान्नुपर्छ, जे बनायो त्यही बन्दिनुपर्छ श्रीमती बनाउन चाहेको बेला श्रीमती बन्दिनु पर्छ, नोकर्नी बनाउन चाहेको बेला नोकर्नी बन्दिनुपर्छ, रखेल बन्दिनुपर्छ । दिनभरि आफ्नो ज्यानको ख्यालै नगरी, भोक प्याँस, इच्छा आकाँक्षा सबै त्यागेर काम गर्नुपर्छ, त्यति मात्र नभएर उनीहरूको इच्छा आकाँक्षा समेत पुरा गर्दिनुपर्ने बाध्यता आउँछ । आखिर उसले नगरौं पनि कसरी, जत्ति रोए कराएपनि त्यहाँ कसले सुनिदिने आखिर उ जेलमा परेजस्तै भएकी हुन्छिन्। न्याय माग्न काहाँ जाऊ प्रबासिकोलागि त्यहाँ न्याय मिल्दैन, गुहार को सँग मागौँ त्यहाँ कोही आफ्नो हुँदैन, भागेर नेपाल फर्कौ हातमा पासपोर्ट हुँदैन । त्यसकारण ती चेली जस्तो सुकै अवस्था आइपरेपनि चुपचाप सहन बाध्य हुन्छिन्, कतिपय नेपाली चेलीले त त्यस्तो पीँडा सहन नसकेर आत्महत्या समेत गरेको हामीले देखेको छौँ ।
यस्तो पींडा भोगेका नेपाली चेलीहरु दुःख गरेर तीन वर्ष पार गरी एकजोर सुकिलो कपडा लगाएर नेपाल फर्किन्छन् , नफर्कुन् पनि कसरी उसको प्रतिक्षामा उसका सन्तान, नातागोता, इष्टमित्र दिन गनेर बसेका हुन्छन् ।

अनि विदेशमा जस्तो सुकै काम गरेर आफ्नो मुलुक फर्किएपनि नेपाल पुगेपछि लाहुरे हुन्छिन्, साथी भाइ इष्टमित्र भेट्न आउँछन्, अनि उनलाई साथीहरुले सोध्छन्, विदेशमा कस्तो काम गर्नुपर्छ भनेर अनि उनलाई पर्छ फसाद । सत्य कुरा भनौं भने समाजले उनलाई नकार्ने डर । साथीभाई तथा आफन्तले सोध्दा मुख अमिलो बनाउँदै नक्कली मुस्कान अनुहारमा ल्याउँदै राम्रो हुन्छ भन्छन् । तर उनलाई भित्र हृदयमा भतभती पोली राखेको हुन्छ । हाम्रो देशमा नारी पुरुष बराबरी भनेर घाँटीको नसा चुँडिने गरी भाषण गरेपनि पुरुष प्रधान नै देश हो। महिलाको समस्यालाई बुझ्ने कोसिस हुँदैन, बिचरा ति चेलीले विदेशमा बाध्यतामा गरेको गल्तीलाई पनि समाजले माफ गर्दैन त्यसकारण ती महिला आफ्नो वास्तविकता लुकाउन बाध्य हुन्छिन् ।

के ती नेपाली चेलीले विदेशमा गरेको जति मानशिक र शारिरिक पीँडा÷दुःख नेपालमा गर्ने हो भने त्यत्ति पीडा सहनु पर्छ होला र ? के आफ्नो सन्तान नतागोता इस्टमित्र बाट टाढा हुनुपर्थ्यो होला र ? त्यसैले विदेशको बाटो रोज्नु भन्दा पहिला त्यो बाटो कत्ति अफ्ठेरो छ भनेर बुझ्नु जरुरी छ । चाहे पुरुष होस् त महिला नेपालमा नै, आफ्नो गाँउमा नै दुःख सुख जिवन बिताउनुस्, नआउनुस् विदेश, पैसा पनि तपाईले सोचेजस्ते विदेशमा छैन, न त तपाईलाई मानशिक र शारिरिक आनन्द नै छ ।

(सिन्धुलीबाट बहराईन रोजगारीको सिलसिलामा गएका न्यौपाने हाल बहराईन बस्छन् ।)