खेलकुद

टोटेनहम औडी कप फुटबलको फाइनलमा प्रवेश

काठमाडौं । इन्ग्लिश क्लब टोटेनहम प्रि सिजन अन्तर्गत जर्मनीमा आयोजना हुने औडी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको सेमिफाइनलमा स्पेनिस क्लब रियल मड्रिडलाई १–० गोल अन्तरले पराजित गर्दै टोटेनहम फाइनलमा पुगेको हो ।

एलिनाज स्टेडियममा टोटेनहमलाई जित दिलाउन कप्तान ह्यारी केनले निर्णायक गोल गरे । केनले खेलको २२ औं मिनेटमा गोल गरेका थिए ।

रियलका मार्सेलोले दिएको ब्याकपासलाई नियन्त्रणमा लिँदै केनले निर्णायक गोल गरेका थिए । अब टोटेनहमले उपाधिका लागि वायर्न म्युनिख र फेनरवाचीबीचको विजेतासँग खेल्नेछ ।