सूचना प्रविधि

क्लासिक टेकको इन्टरनेट सेवा १० बर्ष– ९०० जनालाई रोजगार

काठमाण्डौ । क्लासिक टेकले नेपालमा इन्टरनेट सेवा सुरु गरेको १० बर्ष भएको छ। विश्वकै उत्कृष्ट GPON प्रविधिबाट फाईबर इन्टरनेट सेवा प्रदान गर्दै यस संस्थाले नेपालको विभिन्न मुख्य सहरहरुमा सेवा उपलब्ध गराईसकेको छ ।

नेपालको ७७ वटा जिल्लामा नेटवर्क बिस्तार गरि सकेको छ। ।साथै २१ वटा भन्दा बढी शाखाको स्थापना गरि करिब ९०० दक्ष जनशक्तिहरुका माध्यमबाट निरन्तर रुपले आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेकोछ ।

यस कम्पनीसँग हाल १०० Gbpsको फाईबर ब्याकबोन रहेको छ भने एयरटेरल र टाटाबाट देशका तीन नाकाहरुबाट आफ्नै लगानीमा ईन्टरनेटको ब्यान्डविथ भित्र्याएको छ ।यसका साथैं गुगल, फेसबुक, अकामाई तथा अन्य विभिन्न सर्भरहरु आफैले होस्ट गरेको छ। सो सर्भर र नेटवर्कको पूर्वाधारको कारणले नै गुणस्तरीय सेवा उपलब्ध गराउन सक्षम भएको छ ।

आफ्नो दशौ बार्षिक उत्सवको उपलक्षमा यस क्लासिक टेक ले मात्र रु। ४७१ प्रति महिनाको दरमा ५० mbps स्पीडको सेवा बजारमा ल्याएको छ। एक वर्ष सेवाको खरिदमा १० महिना बोनसको योजनाले उक्त दरमा सेवा उपलब्ध सम्म गराउने भएको कम्पनीले जानकारी गराएको छ।