आर्थिक

चेम्बरद्वारा रक्तपरिक्षण शिविर सम्पन्न

काठमाण्डौ । विश्व हेपाटाइटिस दिवसको अवसरमा नेपाल चेम्बर अफकमर्स तथा एसआरएल डाइग्नोसिसको संयुक्त तत्वावधानमा रक्तपरिक्षण कार्यक्रम शुरु भएको छ ।

सहुलियत दरमा आजदेखि भएको २ दिने रक्तपरिक्षणमा एचबिएसएजी, थाइराइड प्रोफाइल टेष्ट र सुगरको रक्तपरिक्षण सम्बन्धित बिज्ञ डाक्टर एंव प्राविधिकबाट गरिएको छ ।

आज पहिलो दिन चेम्बरका पदाधिकारी, कर्मचारी वस्तुगत एंवअन्य आबद्ध संघका पदाधिकारी एंव सदस्यहरु, उद्योगी व्यवशायी एवं सचिवालयका कर्मचारीहरु र जमल, कान्तिपथ तथा ठमेलका सर्वसाधारणको समेत उपस्थितीभई रक्तपरिक्षण गरिएको छ । भोली १५ साउन २०७६ बुधबार समेत अपरान्ह १ बजेदेखि साढे ५ बजेसम्म रक्तपरिक्षण कार्यक्रम रहेको छ । सो कार्यक्रमको आयोजना चेम्बर अफकमर्सको शिक्षा तथा खेलकुद समितीको सक्रियतामा भएको हो ।

सो समारोहमा बोल्दै समितीका सभापती दिपककाजी तुलाधरले विगत केही वर्षदेखि नै चेम्रले यस किसिमका सचेतना मूलक कार्यक्रम गरिएको र यसको श्रृंखलाको रुपमाा यो कार्यक्रम प्रभावकारी रुपमा गरिएको बताए ।