अन्तर्राष्ट्रिय

राष्ट्रसंघीय प्रमुखद्वारा नाइजेरिया घटनाप्रति निन्दा

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नाइजेरियामा भएको सर्वसाधारण नागरिकमाथिको साङ्घातिक हमलाको निन्दा गरेका छन् ।

हालैमात्र नाइजेरियामा भएको आतंककारी हमलामा परी कम्तीमा पनि ६५ जना सर्वसाधारणको ज्यान गएको थियो । सर्वसाधारणको यसरी ज्यान लिनु मानवमाथिको जघन्य अपराध भएको उहाँले सोमबार एक विज्ञप्ति प्रकाशन गरी बताएका छन् ।

उनका उपप्रवक्ता फहरान हकले प्रकाशन गर्नुभएको विज्ञप्तिमा यस्तो आतंककारी हमला गरी सर्वसाधारणको ज्यान लिने कार्य अन्तर्राष्ट्रिय कानुनको हनन् तथा मानवताविरोधी ठूलो अपराध हो भनेका छन् ।

महासचिव गुटेरेसले यस्ता आतंककारी हमलाबाट ज्यान गएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरुका आफन्तजनहरुमा समवेदना प्रकट गरेका छन् ।

महासचिव गुटेरेसले जे जस्तासुकै मागहरु भएपनि तिनको समाधान शान्तिपूर्ण प्रक्रियाबाटै समाधान हुने भएकाले वार्ताका माध्यमबाट समाधान खोज्न सो विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।

नाइजेरियाको उत्तरपूर्वी सहर बोर्नोमा शनिबार भएको हमलामा परी ती नागरिकको ज्यान गएको थियो ।

एक स्थानीयको मलामी गएर फर्किएका उनीहरुलाई नाइजेरियामा हत्या हिंसा जारी राखेको बोको हराम नामक आतंककारी संगठनले गरेको साङ्घातिक हमलामा ६५ जनाको ज्यान गएको थियो ।

नाइजेरियामा सन् २००९ देखि यहाँको सरकारका विरुद्धमा बोको हरामले हिंसात्मक आन्दोलनको घोषणा गरेको थियो ।

त्यसयता उनीहरुले गरेका यस्ता हमलाहरुमा परी कम्तीमा पनि २७ हजार नाइजेरियाली नागरिकको ज्यान गइसके