कृषि

बाढीले बाँध बगाएपछि सिँचाइ सुविधाबाट बञ्चित

डोल्पा । डोल्पामा निरन्तरको वर्षात्पछि आएको बाढीले सिँचाइ कुलाको बाँध बगाएको छ ।

बाढीले त्रिपुरासुन्दरी नगरपालिका– १ मा पर्ने धुमा सिँचाइ कुलोको २० मिटर बाँध बगाएको हो । त्रिपुराकोटका १०० घरधुरीले प्रयोग गर्दै आएको सिँचाइ कुलोको बाँध बगाएपछि कृषक सिँचाइ सुविधाबाट बञ्चित भएका छन् । बाँधको पुनःनिर्माणका लागि रु पाँच लाख रकम लाग्ने अनुमान गरिएको स्थानीयवासी दिलबहादुर विष्टले बताए ।

यस सिँचाइ कुलोबाट माथिल्लो धुमा, घारी धुमी, तल्लो धुमा, सिमलगायत सिञ्चित हुँदै आएको थियो ।