खेलकुद

ग्यालेक्सीद्धारा इन्डोर क्रिकेट प्रतियोगितामा जित दर्ता

काठमाडौं । ग्यालेक्सीले क्यानभास अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगितामा सोमबार जित हात पारेको छ । दोहोरो जित हात पारेको ग्यालेक्सीले नोबेललाई ७ विकेट तथा राजश्री गुरुकुललाई ५८ रनले पराजित गर्यो ।

राजन मेमोरियलले विद्या संस्कारलाई ३० रन र सेन्ट जेभियर्सलाई ६ विकेट, राजश्री गुरुकुलले नोबेललाई २० रन तथा सेन्ट जेभियर्सले विद्या संस्कारलाई २८ रनले पराजित गरे । क्यानभास बोर्डिङ स्कुलको आयोजनामा जारी प्रतियोगितामा १६ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता र उपविजेतालाई ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछन् ।

यस्तै उत्कृष्ट खेलाडी, ब्याट्सम्यान र बलरलाई पनि ट्रफी प्रदान गरिने छ । यस्तै उत्कृष्ट हुने ३ खेलाडीलाई वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडमीमा ३ महिनाको निशुल्क प्रशिक्षण गर्न पाउने छन् ।