आर्थिक

ज्योति विकासबाट अशोक लेलैण्डका गाडी किन्दा ७० प्रतिशत ऋण

काठमाण्डौ । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र ज्योति विकास बैंकबिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट डि.जि.एम्. सुशिल कुमार शर्मा र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७० प्रतिशत सम्मको कर्जा सुविधा ज्योति विकास बैंकबाट पाउने भएका छन् । यसै अनुरुप ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने भएका छन् । यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताएका छन् । कर्जा सुविधा मात्र नभई दुवै कम्पनीबिच संयुक्त रुममा सहकार्य गर्दै अगाडी बढ्ने कुरामा पनि सहमति भएको छ ।