प्रवास

अमेरिकामा कोईराला फाउण्डेशनको भानु जयन्ती भब्य रुपमा सम्पन्न

काठमाण्डौ । नेपाली कांग्रेसका पुर्व सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित गिरिजाप्रसाद कोइराला फाउण्डेशन, अमेरिका शाखाले पहिलो पटक नेपालिज हेरिटेज तथा २०६ औं आदीकवि भानुभक्त आचार्यको जन्म जयन्ती भव्यताका साथ मनाएको छ।

न्यु यार्क सिटीको क्विन्सबोरो प्रेसीडेन्ट मेलिन्दा काट्ज र जिपि कोइराला फाउण्डेसन अमेरिकाले न्युयोर्कमा पहिलो पटक नेपालिज हेरिटेज तथा २०६ औ आदीकवि भानुभक्त आचार्यको जन्म जयान्ती जुलाइ २७ को साँझ विशेष कार्यक्रमको रुपमा मनायो । ज्याक्सनहाइटस्थित जुइस सेन्टरमा आयोजित कार्यक्रममा हिन्दु धर्मका पण्डित गुरु मित्र शर्मा, बौद्धधर्म गुरु लामा टुल्कु उर्गेन शेर्पा, ईस्लाम धर्म गुरु मोहम्मद रशिद र क्रिरश्चिन धार्मिक गुरु पास्चर एमानुयल एसेहरुको मन्त्रचरणको साथ कार्यक्रमको शुरुवात गरेका थिए ।

कार्यक्रममा न्युयोर्क सिटिको क्वीन्सबोरो प्रेसिडेन्ट र मेयर कार्यालयका प्रतिनिधिहरु सहाभागी थिए । कार्यक्रम नेपालि तथा अमेरिकी राष्ट्रिय गान गाएर सुरु भएको थियो। एस्थर डुक्लिएरले आफ्नै सुरीलो आवाजमा अमेरिकी राष्ट्रिय गान गाएकी थिइन्।

उक्त अवसरमा जिपि कोइराला फाउण्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले न्युयोर्क सिटिसगं मिलेर पहिलो पटक न्युर्योकमा नेपालिज हेरिटेज र भानु जयान्ती कार्यक्रम आयोजना गर्न पाएकोमा खुसी ब्यक्त गन्दै उपस्थित सवै अतिथिहरुलाई स्वागत गरेका थिए । यस कर्यक्रममा प्रमुख अतिथि पुर्व सासंद, पुर्व सचेतक तथा लेखक डाक्टर शोभाकर पराजुली र उपस्थित विशेष अतिथिहरुलाइ खादा ओढाइ फाउण्डेसनकी कोषाध्यक्ष ब्रेन्दा राईले सम्मान तथा स्वागत गरेका थिए। विशेष अतिथिहरु धादिङ ने.का. जिल्ला सभापति बाबुकृष्ण सापकोटा, क्विन्सवोरोका डेमोक्रेट डिसट्रीक लिडर एन्थोनि एन्ड्रयुज, वरिष्ठ कानुन विद नरेश गेही, सेनेटर जन लु का चिफ अफ स्टाफ अस्कर पटेल, न्युयोर्क सिटि मेयर अफिसका सिनियर कम्युनिटि ल्याजन रोहन नरिन थिए ।

आइसिसिडि इन्टरफेथका अध्यक्ष एमडि आरसलाम, वल्ड योगा फेडरेसनका अध्यक्ष तथा सिइओ दिलिपकुमार तानकपान गुरुजी तथा नेपालि समाजमा विशेष योगदान पुर्याएएका वरिष्ठ समाजसेवीहरु क्रमशः डाक्टर तारा निरौंला, डाक्टर कमल पाण्डे, डाक्टर गोविन्द कोइराला, राम खत्री, अजय छेच्छुन्, ने.का. नेत्रीद्वय गोमा सेन र राजन बिस्वकर्मा, ने.का. नेता बेद खरेल, अन्तराष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टीकी अध्यक्ष गीता खत्री, अन्तराष्ट्रीय नेपाली साहित्य समाज(न्यु(यार्कका अध्यक्ष राजेन्द्र श्रेष्ठ, तामाङ समाज उत्तर अमेरीका–न्यु यार्क की अध्यक्ष गोमा योन्जन, कोरियन(अमेरिकन फ्लसिङका अध्यक्ष युन सन, युनाइटेड वि स्टेण्डका अध्यक्ष तथा युनियन नेता अरमुघन असर, न्यु यार्क मुस्लिम सेन्टर का पुर्व अध्यक्ष सलिम सहिद, लेखीका रहमिना अक्तर, कवियत्री वेला कादिर, वरिष्ठ पत्रकार द्वोय आङ छिरिङ शेर्पा र बि के नेवा तथा विभिन्न समुदायका विशिष्ट व्यक्तिहरु र फाउण्डेसन को तर्फवाट उपाध्यक्ष सुवर्ण लामा, कोशाध्यक्ष ब्रेन्दा राई, केन्द्रिय सदस्यहरु क्रमशः प्रेम पौडेल, छिरिङ राप्के लामा, शारदा झेत्री, राम श्रेष्ठ, बिमल डागीं, बिष्णु सिहं बैंजुहरु लगायतको उपस्थिति रहेको थियो।

यस कार्यक्रममा क्विन्सबोरो प्रेसिडेन्ट मेलिन्दा काट्ज कार्यालयको कम्युनिटि एफेयर डाइरेक्टर डाक्टर महममद हकले नेपालको प्रजातन्त्र, शान्ति र विकासमा योगदान पुर्‍याउनु भएका स्व गिरिजाप्रसादको नाममा स्थापित जिपि फाउण्डेसनसगं सिटिले मिलेर नेपाली पहिचानको कार्यक्रम गर्न पाएकोमा खुसी ब्यक्त गर्दै यस किसिमको कार्यक्रमले निरन्तरता पाउनु पर्ने बताए ।

कार्यक्रममा नेपाली समुदायको पहिचान झल्कने विभिन्न समुदायहरुको नृत्यहरु समावेश गरेर समुदायलाइ नृत्यवाट केही सिकौं भन्ने उदेश्य लिएर अमेरिका भ्रमण गरेका नेपालि युवा कलाकारहरु मिलेर वनाएको सँस्था नेपाल हिपअप फाउण्डेनका नौ जना कलाकारहरुको ज्ञान वर्धक नृत्य प्रस्तुत गरेका थिए भने यस हिपअप फाउण्डेसनका सस्थापक दिपेश थापाले फाउण्डेसनको वारेमा प्रष्टाएका थिए साथै प्रेम पौडेल र हेमन मल्ले हिपअप फाउण्डेसनका सस्थापक दिपेश थापालार्इ सम्मान गरेका थिए।

नेवा गुठी न्यु(यार्क को प्रतिनिधि गर्दै कविना महर्जनले मन्जुश्री नृत्य प्रस्तुत गरेकी थिइन भने वरिष्ठ गायिका संगीता मुखीयाले आफ्नो लुकेको प्रतिभा सारा पौडेल र छिरिङ डाइना शेर्पा सगं नृत्य गरेर सबैलाई चकित पारे भने विविध सांस्कृतिक कार्यक्रमको अन्तयमा लोकगीत का बरिष्ठ कलाकारद्वय गायक बिमल डांगी र संगीता थापाको प्रस्तुतिले सबै अतिथिहरु नाचेका थिए भने बरिष्ठ वाध्यवाधक नुच्छे नारायण डंगोलको दमदार प्रस्तुति थिथो। बरिष्ठ गायक राम श्रेष्ठले आफ्नो अमुल्य समय खर्च गरेर माईक र साउण्ड सिस्टम उपलब्ध गराएका थिए ।

कार्यक्रममा क्वीन्सबोरो प्रेसिडेन्टको कार्यालयले १० जना नेपाली समुदायको व्यक्तित्वहरु मध्येबाट छानेर ३ जनालाई सम्मान गरेका थिए । पुरुस्कृत हुनेहरुमा डा गोविन्द कोइराला, एभरेष्ट टाइम्सका प्रधान सम्पादक आङछिरिङ शेर्पा र मिना कुमारी राई थिए । पुरस्कृत व्यक्तित्वहरुलाई क्वीन्सबोरो प्रिसेडेन्टको कार्यालय, मेयर कार्यालयको प्रतिनिधि र जिपि फाण्डेसनले संयुक्त रुपमा सम्मान गरेका थिए भने डाक्टर गोविन्द कोइरालाले भानुको वारेमा कविता वाचन गरेका थिए ।

प्रमुख अतिथिले क्विन्स काउन्टीकका डेमोक्र्याटिक लिडर एन्थोनि डि. एन्ड्र्युज लाई आफैँले लेखेको पुस्तक ”म्झयअचबअथ बलम क्यअष्बष्किm” उपहार दिंदै सबै कलाकारहरुलाई पुरस्कार वितरण र सम्मान गरेका थिए। भानुको सम्झनामा केही कविताहरु पनि प्राप्त भएको थियो।

अन्तयमा फाउण्डेशनका अध्यक्षले सबै उपस्थित महानुभावहरु लाइ धन्यवाद प्रकट गरेका थिए ।