राजनीति

धनराजको काँग्रेस नेतृत्वलाई सुझावः देशका ठुला ठुला भ्रष्टाचारका बिरुद्धमा संसद अबरुद्ध गरौं

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता धनराज गुरुङले नेपाली काँग्रेसले भ्रष्टाचारका देशका ठुला ठुला काण्डका बिरुद्धमा संसद अबरुद्ध गर्नुपर्ने विचार व्यक्र गरेका छन् ।

आफूले केन्द्रीय कार्यसमिति बैठकमा समेत उक्त कुरा उठाएको भन्दै सर्लाही घटनामा सोमबार संसद अबरुद्ध गर्नु ठीक भएपनि देशका ठुला ठुला भ्रष्टाचार काण्ड त्यतिकै सेलाएर जाने सम्भावना भएकोले काँग्रेस त्यसका बिरुद्धमा संसद अबरुद्ध गर्न तयार रहनुपर्ने जिकिर गरेका छन् ।

नेता गुरुङले काँग्रेसले यस्ता देश नै डुवाउने, लोकतन्त्र नै समाप्त पार्नेखाल्का भ्रष्टाचारका घटनामा प्रमुख प्रतिपक्षी दल काँग्रेस चुप लागेर बस्न नहुने बताएका छन् ।

नेता गुरुङको काँग्रेस नेतृत्वलाई सुझावस्वरुप भ्रष्टाचार बिरुद्ध काँग्रेस लाग्नुपर्ने विचारको रुपमा उक्त भनाई आएको हो ।

उनले भनेका छन्, “सर्लाहीको घट्नाको संदर्भमा आज संसद अबरोध गरिएको रहेछ। असहमति जनाउन आबश्यक परेन। तर जारी नेका केस बैठकमा मैले एउटा मत राखेको छु, ‘भ्रष्टाचारका यति ठुल्ठुला काण्डहरुको छानविन गराउनका लागि कांग्रेसले संसद अबरोध गर्नुपर्छ। भ्रष्टाचारको मुद्वामा कांग्रेस संसदमा चुप बस्न हुँदैन।’”