आर्थिक

सिभिल बैंकको नयाँ शाखा सुर्खेतको छिन्चुमा

काठमाण्डौ । सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा सुर्खेतको छिन्चुमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन भेरीगंगा नगरपालिकाको मेयर भुपेन्द्र बहादुर चन्दले गरे ।

शाखाको उद्घाटन समारोहमा प्रमुखअतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको कर्णली प्रदेशका प्रमुख शैलेश कार्की, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।