लुम्बिनी

दुई मोटरसाइकलसहित अवैध सामान प्रहरीको नियन्त्रणमा

कपिलवस्तु। कपिलवस्तुको महाराजगञ्जमा रहेको इलाका प्रहरी कार्यालयले दुई मोटरसाइकलसहित अवैध समान बरामद गरेको छ । कार्यालयको गस्ती टोलीले आइतबार राति महाराजगञ्ज नगरपालिका–२ उनवलियामा छिमिकी मुलुक भारतको कोटियाबजारबाट भन्सार छली ल्याएको दुई मोटरसाइकल र रु २५ हजारको अवैध सामान नियन्त्रणमा लिएको हो ।

प्रहरीले केही दिनदेखि सुरक्षा व्यवस्था कडा बनाई चेकजाँच गर्र्दै आएकाले सामानसहित मोटरसाइकल र सामान बरामद गरिएको कार्यालयका प्रहरी नायब निरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

प्रहरीले तस्कारहरुले प्रयोग गरेको नेपाली नंको मोटरसाइकल लु२प ४८५५ र भारतीय मोटरसाइकल नं युपी ५६ यु ७९९३ र समान भन्सार चलान गरिएको बताएको छ । तस्करहरु प्रहरीलाई देखेपछि सामान र मोटरसाइकल छोडी भागेपछि खानतलासी गर्दा सुर्ती, गुटखा, तेल लगायतका समान बरामद गरिएको प्रहरी नायब निरीक्षक भण्डारीले जानकारी दिए ।