लुम्बिनी

आफ्नो गाउँ आफैँ बनाउनका लागि दश प्रतिशत रकम खातामा जम्मा गर्नुपर्ने

बेझाड। निस्दी गाउँपालिका पाल्पाले कुनै पनि योजना तथा कार्यक्रम सञ्चालनका लागि उपभोक्ताको १० प्रतिशत रकम गाउँपालिकाको खातामा जम्मा गर्नुपर्ने निर्णय गरेको छ ।

गत आवमा उपभोक्ता समितिको खातामा जम्मा गर्नुपर्ने भए पनि जम्मा नगरिएपछि अबका दिनमा खातामा १० प्रतिशत रकम जम्मा गरेर मात्र योजना तथा कार्यक्रम सञ्चालन गरिने भएको छ । गाउँपालिका–६ को गत आव २०७५ः७६ को योजना तथा कार्यक्रमको वार्षिक समीक्षामा गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले कामलाई पारदर्शी, छिटोछरितो, गुणस्तरीय बनाउन उपभोक्ताको रकम गाउँपालिकाको खातामा जम्मा गरेर मात्र काम गर्ने बताए । कृषक पाठशालामा कृषकको चासो कम रहेको बताउँदै आधुनिक कृषि प्रणालीमा स्थानीय सरकारको जोड रहेको उहाँले बताए ।

वडाध्यक्ष मेखबहादुर सुनारीले आफ्नो गाउँ आफँै बनाउनका लागि उपभोक्ता समितिले तत्परता देखाउनुपर्ने बताउँदै बजेटको सदुपयोग गरी योजना तथा कार्यक्रम सम्पादन गर्न सहयोग गर्नुपर्ने बताए । वडाले आव ०७५ः७६ मा ५२ वटा योजना तथा कार्यक्रममा रु एक करोड ३६ लाख बराबरको निर्माण कार्य सम्पन्न गरेको छ ।