बाग्मती

“बैकिङ्ग कसूर मुद्दामा फरार प्रतिवादी पक्राउ”

काठमाण्डौँ । मन्जु श्रेष्ठको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी पृथ्वी राज चेमजोङ्ग भएको बैकिङ्ग कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटनको मिति २०७५।०९।१७ गतेको फैसलाले जिल्ला पाँचथर साविक यासोक गा.बि.स. वडा नं. ८ घर भई जिल्ला भक्तपुर स.न.पा. वडा नं. २ बालकोट बस्ने पृथ्वी राज चेमजोङ्गलाई १५ दिन कैद र रु. १०,९४,५००- (दश लाख चौरानब्बे हजार पाँच सय) जरिवाना हुने ठहर भएकोमा उल्लेखित सजाय वेरुजु रही फरार रहेका निज प्रतिवादीलाई यस ब्यूरोको टोलिले मिति २०७६।०४।१२ गते गोङ्गबु, काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ।

प्रतिवादी पृथ्वी राज चेमजोङ्गले आर्थिक ब्यबहार मिलाउने भनी जाहेरवाला मन्जु श्रेष्ठसंग रु. १०,९४,५००-ऋण सापटी लिएको र सो रकम भुक्तान गर्नका लागि प्रयाप्त रकम हुदै नभएको प्रभु बैंक लिमिटेडको खाताको रु. १०,९४,५०० रकमको दुईवाट चेक जानी जानी मिति २०७०।०३।१४ मा जाहेरवालाको नाममा जारि गरेकोमा उक्त चेकबाट जाहेरवालाई नगद भुक्तान हुन नसकी चेक फिर्ता भएको थियो।

मिति २०७६।०४।१३ गते फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेका निज प्रतिवादीलाई कैद भुक्तानका लागि केन्द्रिय कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाईएको छ।