मनोरञ्जन

तारा अधिकारीको तीज गीत आउ संगी

काठमाडौं । गीतकार तारा अधिकारीको तीज गीत आउ संगी …. सार्वजनिक गरिएको छ । निकेश राई र कविता श्रेष्ठको स्वर रहेको गीतमा रमेश कडरियाको संगीत छ ।

सुमन केसीको संगीत संयोजनमा तयार गीत ए वान रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो । गीतको भिडियोमा सागर लोप्चन, दिपसिखा अधिकारी लगायत अन्यले कम्मर मर्काएका छन् ।

भिडियोको छाँयाकन रामेश्वर हुँमागाईले गरेका छन् । गीतमा सिता राईको कोरियाग्राफी रहेको भिडियोमा सम्पादन नहकुल खड्को छ । तारा अधिकारीले यो भन्दा अघि आधुनिक गीतमा कलम चलाउँदै आएकी थिइन् । उनी चाँडै नै आधुनिक गीतको एल्बम बजारमा ल्याउने तयारीमा छिन् ।