समाचार

संयोजक फुलाराको निधनपछि कोइराला फाउण्डेशनद्वारा दुःख व्यक्त

काठमाडौँ। गिरिजाप्रसाद कोइराला फाउण्डेशनले उक्त संस्थाका डोटी जिल्ला संयोजक दुर्गाप्रसाद फुलाराको निधनमा दुःख व्यक्त गरेको छ ।

फाउण्डेशनका केन्द्रीय अध्यक्ष सुजाता कोइरालाले आज एक विज्ञप्ति जारी गरी “नेपाली काँग्रेस डोटीका पूर्व महाधिवेशन प्रतिनिधि रहनुभएका ५६ वर्षीय फुलाराको निधनप्रति दुःख व्यक्त गरेकी हुन् ।

विज्ञप्तिमा स्व फुलाराको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको थियो । फुलाराको यही साउन ११ गते डोटीमा निधन भएको थियो ।