प्रदेश 2

३३० बाढी प्रभावितलाई राहत वितरण

सर्लाही। गोडैता नगरपालिकामा बाढीबाट प्रभावित भएकालाई राहत वितरण गरिएको छ । सेभ द चिल्ड्रेन नेपालको सहयोगमा राष्ट्रिय रोजगार प्रवद्र्धनको सहजीकरण तथा गोडैता नगरपालिकाको समन्वयमा आइतबार बाढीबाट प्रभावित भएका ३३० लाई राहत वितरण गरिएको हो ।

गोडैता नगरपालिकाका प्रमुख देवेन्द्रकुमार यादवले बाढी प्रभावितलाई राहत हस्तातरण गरेका थिए । जनही रु सात हजार बराबरको समान वितरण गरिएको राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रका कार्यक्रम संयोजक सुजितकुमार चौधरीले जानकारी दिए ।

वितरण गरिएको सामग्रीमा खानेपानीको फिल्टर, डोरी, त्रिपाल, झुल, महिला तथा विद्यार्थी कीट रहेको छ । यसअघि साउन ३ गते पनि २०७ जना बाढी प्रभावितलाई सेभ द चिल्ड्रेन नेपालको आर्थिक सहयोगमा गोडैता नगरपालिकामा राहत वितरण गरिएको थियो ।