लुम्बिनी

मोटरसाईकल चोरी गर्ने सात जनाको गिरोह प्रहरीको फन्दामा

रुपन्देही । रुपन्देहीमा चोरी गर्ने गिरोह पक्राउ परेको छ । जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल चोरीमा संलग्न सात जनालाई पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आइतबार जनाएको छ ।

पक्राउ पर्नेमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ बस्ने अब्दुल हमिद मुसलमान, शुद्धोदन गाउपालिका–६ का कालु मल्लाह, कञ्चन गाउँपालिका–५ का गगन गुरुङ, सम्मरबहादुर थापा, मानबहादुर भण्डारी, वडा नम्बर ४ का ओमप्रकाश रौतार र कपिलवस्तु वाणगङ्गा नगरपालिका–१० का दीपक चौधरी रहेको प्रहरी नायब उपरीक्षक तथा प्रहरी प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिए । मुसलमान र मल्लाहको बयानको आधारमा थप पाँच जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रवक्ता भण्डारीका अनुसार उनीहरुसहित चोरी भएका छ वटा मोटरसाइकल बरामद गरिएको छ । उनीहरुले रुपन्देही तथा भारतको सीमावर्ती शहरमा विभिन्न मोटरसाइकल चोरी गरी बेचबिखन गर्ने गरेको खुलेकोे छ । बरामद मोटरसाइकलसहित पक्राउ परेकामाथि थप अनुसन्धान कार्य भइरहेको रहेको प्रहरीले जनाएको छ ।