राजनीति

वालुवाटारको जग्गा काण्डमा समेत मुछिएका काँग्रेस नेता श्रेष्ठको आत्माहत्या शंकास्पद ?

काठमाण्डौ । काठमाडौँको माछापोखरीस्थित एक सपिङसेन्टरको आठौँतलाबाट खसेर आईतबार एक जनाको मृत्यु भएको भन्ने संकास्पद देखिएको छ । माछापोखरी सपिङसेन्टरको आठौँतलाबाट खसेर काठमाडौँ महानगरपालिका–१६ निवासी ५७ वर्षीय युक्तप्रसाद श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जानकारी दिएको थियो ।

आईतबार दिउँसो भएको उक्त घटनापछि गम्भीर घाइते श्रेष्ठको पिपुल्स अस्पताल नयाँ बजारमा उपचारको क्रममा ज्यान गएको थियो । घटनाको कारण भने खुलेको छैन । श्रेष्ठ मालपोत कार्यालयको नायब सुब्बाबाट अवकासप्राप्त कर्मचारी भएको प्रहरीले जनाएको छ ।

उनी आफैँ खसेका हुन् या कसैले खसालेको हो भन्ने बारेमा भने अनुसन्धान भइरहेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । श्रेष्ठ नेपाली काँग्रेस पर्वतका सचिव रहेका र मालपोतमा हुंदा नेकपाका महासचिव विष्णु पौडेलसमेत मुछिएको चर्चित वालुवाटारको जग्गा हड्प्ने काण्डमा समेत मुछिएका कारण घटना रहस्यमय हुने अनुमान सुरक्षाविदहरुले लगाएका छन् ।

मृतक श्रेष्ठलाई नजिकबाट चिन्नेहरु उनी त्यती कमजोर मुटु भनभएका र सहयोगी भावना भएका थिए भन्ने अनुमान लगाउछन् ।