समाचार

धोवीखोला करिडोरमा टोयोटाद्वारा ३६० वटा वृक्ष रोपण

काठमाण्डौँ । नेपालका लागि टोयोटा मोटर्सका आधिकारिक वितरक युनाईटेड ट्रेडर्स सिन्डिकेटले स्थानीयबासीको सहकार्यमा धोवी खोला करिडोरमा वृक्षा रोपण गरेको छ । युनाइटेड ट्रेडर्सको संयोजनमा सो क्षेत्रमा एकै पटक ३ सय ६० वटा रुख रोपिएको हो ।

आनन्दनगर धुम्बाराहि बैजनी पुलदेखि पहेँलो पुलसम्मको धोवी खोला करिडोरका दुवै तर्फ सो विरुवाहरु रोपिएको हो । उक्त स्थानमा रोपिएका विरुवा करबीरका हुन् । धेरै अग्लो नहुने करबीर जातका विरुवा सधै हरियो रङ्गको हुने र गुलाबी रङ्गको फुल फुल्ने जातको विरुवा हो । टोयोटाको यो सानो प्रयासले स्वस्च्छ तथा हराभरा सहर बनाउन मद्दत पूग्ने कम्पनीले विश्वास लिएको छ ।

उक्त वृक्षा रोपण कार्यक्रममा प्रदेश सांसद ज्युहरु नारायन सिलवाल, सीताअधिकारी तथा बैद्ययज् अर्गनाइ जेशनका प्रेसिडेन्ट सुरज वैद्यको समेत उपस्थिति रहेको थियो ।
सहरलाई स्वच्छ राख्ने सरकारी योजनामा टोयोटा तथा युनाइटेड ट्रेडर्सले सानो प्रयास गरेको कम्पनीका अध्यक्ष सुरज वैद्यले बताए ।