आर्थिक

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा समुद्घाटन

काठमाण्डौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामिण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै बैंकले बैतडी शाखाको आज औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । पाटन नगरपालिका वडा न. ६, एयरपोर्ट रोड स्थित बैतडी शाखाको पाटन नगरपालिका मेयर श्री केशव बहादुर चन्दज्यूूबाट आइतबार समुद्घाटन सु–सम्पन्न भयो ।

उक्त क्रार्यक्रममा बैतडी जिल्लाका पुर्व उप–सभापतिज्यूहरु, दशरथ चन्द नगरपालिकाका नगर प्रमुख श्री नरेन्द्र सिंह थापा ज्यू तथा विभिन्न सरकारी निकायका प्रमुख ज्यूहरु, बिभिन्न राजनितिक दलका प्रतिनिधीहरु, पत्रकार तथा स्थानिय समाजसेवीको उल्लेखनिय सहभागीता रहेको थियो ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ग सेवा सुविधाको थालनी गरेको यसै प्रेस विज्ञप्ती मार्फत सहर्ष जानकारी गराउँंदछौं ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।