मनोरञ्जन

मखमली मखमलीको फस्ट लुक सार्वजनिक

काठमाडौं । चलचित्र मखमली मखमलीको फस्ट लुक सार्वजनिक भएको छ । राजु गिरी प्रोडक्सनको ब्यानरमा निर्माण भएको उक्त चलचित्रको फस्टलुक सार्वजनिक भएको हो ।

यस अघि बनेको चलचित्र मखमलीको सफलताबाट उत्साहित बनेर त्यसैको सिक्वेलको रुपमा यो चलचित्र निर्माण गरिएको निर्देशक राजु गिरीले बताएका छन् । हाल कुनै कलाकारलाई नदेखाई एक युवतीलाई पछाडीबाट देखाईएको पोष्टर बनाईएको यस चलचित्रमा जय किशन बस्नेत, माया तामाङ, सारदा गिरी (काली बुढ), लक्ष्मण बिक्रम बस्नेत, सबिन बाँस्तोला, सुदर्शन आचार्य, सावित्रा चिलुवाल, कुशलव के.सी., रामजी राउत लगायतका कलाकारहरुले अभिनय गरेका छन् भने बसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, अशोक खड्काको द्वन्द, रामजी लामिछाने र अनिल राईको नृत्य, रामेश्वर हुमागाईंको छायाँकन तथा बिनोद बमको सम्पादन रहेको छ । चलचित्रको निर्मात्री सावित्रा चिलुवाल हुन् ।