समाचार

आर्थिक तथा शारिरिक रुपमा कलवार कल्याण समितीको सहयोग: केन्द्रिय अध्यक्ष गुप्ता

बीरगंज । नेपाल चामल, तेल, दाल उद्योग संघका केन्द्रिय अध्यक्ष एवम् बीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुबोद गुप्ताले कलवार कल्याण समिति मात्र आफ्नो क्षेत्रमा काम नगरि आवश्यक्ता रहेको क्षेत्रमा पनि गएर कार्य गरिरहेको बताए । कलवार कल्याण समिति बीरगंजको २२ औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी गुप्ताले स्वजातिय हक हितको निम्ति सवै लाग्नुपर्ने र समाजको बिभिन्न क्षेत्रको नेतृत्व गर्नमा समेत जुटनु पर्ने धारणा राखे । उनले कलवार समितिले गरिब देखी बाढी पिडितका परिवारलाई आर्थिक देखी शारिरिक रुपमा समेत सहयोग गरिरहेको बताए ।

गुप्ताले नेपाल चामल, तेल, दाल उद्योग संघमा पहिलो पटक कलवार समाजबाट केन्द्रिय अध्यक्षमा आफु निर्विरोध निर्वाचित भएकोमा खुशि ब्यक्त गरे । जहाँ “जरुरी छ त्यहाँ“ कलवार समितिका युवाहरु लागि रहेको समेत बताए । कलवार कल्याण समितिका पुर्व अध्यक्ष शिवजी प्रसाद कलवारले मानशिक, आर्थिक एवम् शारिरिक रुपमा यस समितिलाई यहा“ सम्म पु¥याउन पुर्व अध्यक्षहरुको ठुलो भुमिका रहेको बताए ।

उनले पुर्व अध्यक्षहरुको सम्मान गर्न आवश्यक रहेको बताउँदै सम्मान दिरहेका छैनौ भने अपमान पनि नगर्न आग्रह गरे । कलवार कल्याण समितिका अध्यक्ष अमिरीलाल प्रसाद कलवारको अध्यक्षतामा भएको कार्यक्रममा कलवार कल्याण समिति महासंघका अध्यक्ष राजेन्द्र प्रसाद कलवार, महासंघका महासचिव भोला प्रसाद कलवार, पुर्व अध्यक्ष बिरेन्द्र प्रसाद आर, बृजकिशोर कलवार, बिश्वामित्र प्रसाद कलवार, राजेन्द्र जयसवाल, सल्लाहकार बिनोद प्रसाद कलवार, बिन्दवासनी गाउँ पालिकाकी उपमेयर किरण गुप्ता, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, सचिव युवराज खड्का, समितिका पुर्वसचिव प्रभु प्रसाद कलवार लगायतकाले कलवार कल्याण समिति आफ्नो मात्र समाजको कल्याण नगरि अरुको पनि कल्याण गर्ने कुरामा जोडदिएका थिए ।

कार्यक्रममा कलवार कल्याण समितिका बरिष्ठ सल्लाहकार राजेन्द्र प्रसाद जयसवाल, सल्लाहकार दिनानाथ प्रसाद कलवार, पुर्व अध्यक्ष बिश्वामित्र प्रसाद कलवार र महासंघका महासचिव भोला प्रसाद कलवारलाई कदर–पत्र र दोसल्ला ओढाई सम्मानित गरिएको थियो । त्यसैगरी जेहेन्दार तथा गरिब तर्फ २०७४ साल एसईईमा उत्कृष्ट अंक ल्याउने मुस्कान साह र २०७५ सालमा उत्कृष्ट अंक ल्याउने निकिता कुमारी कलवारलाई सम्मान–पत्र र नगदबाट सम्मानित गरिएको थियो ।

यसैगरी गैरजातीय तर्फ २०७५ साल एसईईमा उत्कृष्ट अंक ल्याउने पर्सा जिल्ला टप गरेका मन्दीप साहलाई सम्मान–पत्र र नगदबाट सम्मानित गरिएको थियो । कार्यक्रममा स्वागत भाषण जवाहरलाल प्रसाद कलवारले गर्नु भएको थियो भने सहजीकरण गजेन्द्र कुमार कलवारले गरेका थियो ।