लुम्बिनी

नेपालगञ्जमा गाउँ–नगर साझेदारी कार्यक्रम पुनः शुरु

नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिकाले ‘गाउँ–नगर साझेदारी कार्यक्रम’ पुनः शुरु गरेको छ । विसं २०५४ मा शुरु भई २०६९ देखि बन्द भएको यो कार्यक्रम पुनः सञ्चालनमा ल्याइएको हो । अतिविपन्न परिवारको आर्थिक अवस्था उकास्न यो कार्यक्रम पुनः सञ्चालनमा ल्याइएको उपमहानगरपालिकाका सामाजिक विकास प्रमुख कृष्णप्रसाद जोशीले बताए ।

विपन्न परिवारलाई व्यावसायिक काममा संलग्न गराउने प्रमुख उद्देश्यका साथ कार्यक्रम लागू भएको हो । उहाँका अनुसार, नगरका टोलटोलमा समूह गठन गरेर समूहको आवश्यकताका आधारमा प्रतिव्यक्ति रु २५ हजारदेखि रु एक लाखसम्म सहुलियत ब्याजदरमा कर्जा प्रवाह हुने गरेको छ ।

कार्यक्रमअन्तर्गत अहिलेसम्म २५६ जनालाई रु एक करोड ६९ लाख कर्जा प्रदान गरिएको छ । कार्यक्रम सञ्चालनका लागि प्रदेश नं ५ सरकारले पनि उपमहानगरपालिकालाई सघाएको छ ।