बाग्मती

विभिन्न ठाउँमा सडकहरु बिग्रिएपछि यात्रा जोखिमपूर्ण बन्दै रामेछाप

पुष्कर खड्का/ रामेछाप । रामेछाप जिल्ला वर्षा र बाढी पहिरोले सडकको दुरावस्थाको कारण रामेछापको यात्रा जोखिमपुर्ण बनेको छ । गएको असार २६ गते आएको भिषण वर्षाको कारण खुर्कोटबाट जिल्ला सदरमुकाम मन्थली आउने र मन्थलीबाट बाट गाउँ जाने अधिकाँस सडकहरुमा क्षति पुगेको छ ।

सडकहरुको समयमै उचित मर्मत नहुँदा सर्वसाधारणहरु ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य छन् । राजमार्गबाट मन्थली प्रवेश गर्ने खुर्कोट मन्थली सडक मन्थली नगरपालिकाको लामो प्रयासबाट एकतर्फि गाडि गुड्ने गरी खोलिएको छ । खुर्कोटको पुलदेखि मन्थली बजारसम्मको करिव १५ किलोमिटर सडकमा अधिकाँस ठाउँमा पहिरो झरेको छ भने केही ठाउँमा सडक भासिएको छ । सडक पानी नपर्दासम्मको लागि मात्र आस्थायी रुपमा खोलिएको मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले बताए । सडक डिभिजन कार्यालय सिन्धुलीको जिम्मामा रहेको सो सडक मर्मतको लागि सडकले कुनै चासो देखाएको छैन ।

मन्थलीबाट रामेछाप बजार जाने पक्कि सडक पनि ठाउँठाउँमा धसिएको छ । सो सडक मर्मतमा पनि सडक डिभिजन कार्यालय लागेको छैन । जिल्ला सदरमुकाम मन्थलीबाट ग्रामिण भेगमा सञ्चालन भएको सबै सडकहरुमा बाढी पहिरोले ठूलो क्षति पुर्याएको छ । केही सडकहरु तत्कालका लागि सञ्चालनमा ल्याए पनि पानी पर्ने वित्तिकै ती सडक बन्द हुने अवस्थामा छन् । जिल्लाका लामोदुरीका मन्थली–टोकरपु, मन्थली– बाम्ती, प्रिति, मन्थली–धोबि–सैपु–दुरागाउँ– सिरिसे–गाम्लाङ्टार( ढाँडे, साँघुटार लगायतका सडकको अवस्था पनि त्यस्तै छ । कच्चि ग्रामिण सडकमा पानी पर्ने वित्तिकै चिप्लिएर गाडीहरु घण्टौँ बिच बाटोमा आलपत्र पर्ने गर्दछन् । सडक समस्याले गर्दा गर्दा धेरै यात्रीहरुलाई समस्या पर्ने गरेको छ ।