समाचार

काठमाडौँ जाँदै गरेको टाटासुमो दुर्घटनामा परि दुईको मृत्यु, आठ घाइते

रसुवा । रसुवागढीबाट काठमाडौँ जाँदै गरेको टाटासुमो आज साँझ टिपुरेको तातोपानी इलाकामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ईश्वरी भण्डारीका अनुसार सो दुर्घटनामा दुई जनाको मृत्यु भएको र आठ घाइते भएका छन् ।

मृत्यु हुने र घाइतेको पहिचान खुलेको छैन । ना१ज ७८२४ नंको टाटासुमो काठमाडौँतर्फ आउँदै गर्दा पहिरोसँगै आएको ठूलो ढुङ्गाले लागी दुर्घटना भएको हो । आठ घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको र दुर्घटनास्थलमा उद्धारका लागि प्रहरी परिचालन भएको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी प्रवक्ता भण्डारीले बताए ।

टाटासुमोमा सवार १० मध्ये चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ ।