बाग्मती

नदीमा हामफालेर २० बर्षीया युवती यसरी भईन् बेपत्ता

चितवन । नारायणी नदीमा हामफालेर एक युवती बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा भरतपुर महानगरपालिका–८ सल्लेनी बस्ने २० वर्षीया सम्झना गुरुङ रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नं १ देवघाटबाट गुरुङ नारायणी नदीमा हामफालेकी हुन् । उनी आज दिउँसो ३ः४५ बजे नदीमा हामफालेको प्रहरीले जनाएको छ । नदीमा हामफालेकी गुरुङको खोजीकार्य जारी रहेको छ ।