बाग्मती

भक्तपुर बारमा नेकपा सोत्तर, गत निर्बाचनको पैँचो तिर्दै प्रधान नेतृत्वको काँग्रेस प्यानलै विजयी

भक्तपुर । भक्तपुर बार एशोसिएनमा नेपाली काँग्रेस समर्थित रबिन्द्र प्रधान नेतृत्वको समूहले प्यानलै विजय हाँशिल गरेको छ, अध्यक्ष प्रधानले ९५ मत ल्याएर विजयी भएका हुन् ।

अध्यक्षका निकटतम् प्रतिद्वन्दी रामभक्त सुवालले ४१ मत पाए भने अर्का अध्यक्षका प्रत्यासी राधेश्याम सुवालले १५ मतमात्र पाएका छन् । गत स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्बाचनमा नील बनाएको नेकपाले भक्तपुर बारमा लज्जास्पद हार ब्यहोरेको छ ।

नतिजा अनुसार उपाध्यक्षमा रामसुन्दर खाईनु (११३), सचिवमा प्रदीप कार्की (१०७), सहसचिवमा गीता तिमिल्सिना (९६), कोषाधयक्षमा सुरज काुमार तुथे (१०१) महिला सदस्य एकजाना राधीका गोसाईँ( ९७) रहेको छ ।

त्यसैगरी खुल्ला ७ जना सदस्यमा कृष्णभक्त श्रेष्ठ(१०१), रिता खत्री कार्की (८७), राजाराम खत्री (८७), सुमन श्रेष्ठ(९५), अनिश सुगाल(९५), कल्पना कोजु(१०२), रोषांश गिरी(८६) रहेको छ । भने केन्द्रीय कार्यकारिणी परिषद ९ जनाका लागि शसिचन्द्र मिश्र(१०८), हरि राउत( १०४), धर्मरत्न खाईनु( १०२), देवेन्द्र श्रेष्ठ(१०३), कमलराज थापा(१०८), प्रीय कुमार थापा(९१), सज्जन प्रधान(९१), घनश्याम जोशी(९०), शीव प्रशाद लागे(८५) रहेको प्रमुख निर्बाचन अधिकृत गजेन्द्र शंकर तिमिलाले बताए ।