राजनीति

ओली सरकार बाढीपहिरोपीडितको उद्धार तथा राहतमा गैरजिम्मेवारः सभापति देउवा

काठमाण्डौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा अध्यक्ष केपी शर्मा ओलीको सरकार शान्ती सुरक्षा दिनेकुरामा चुकेको भएपनि पछिल्लो समयमा आएको बाढीपहिरोपीडितको उद्धार तथा राहतमा मानवीय हिसावले लाग्नुपर्ने भएपनि गैरजिम्मेवार भएर लागेको बताएका छन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गुरुराज घिमिरेद्वारा लिखित ‘मान्छेका कथाहरु’ लोकार्पण कार्यक्रममा सभापति देउवाले सरकारलाई बाढीपहिरोपीडितको उद्दार तथा राहतको लागि राजनीतिकरण नगरी काँग्रेसले सहयोग गर्ने बताएपनि सरकारले उपयुक्त कदम नचालेको भनेका छन् ।

कार्यक्रममा काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शसाँक कोईराला, केन्द्रय सदस्य डा शेखर कोईराला, अर्जुननरसिँह केसी, डा. रामशरण महत, गोपालमान श्रेष्ठ, चित्रलेखा यादव, प्रमुख सचेतक बालकृष्ण खाँण, केन्द्रीय सदस्य एवं प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य एनपी साउद, दिपक गिरी, बद्री पाण्डे, जिवन परियार नेकपाका नेता प्रदीप नेपाल, काँग्रेस भातृसंघका नेताहरुलगायत विशिष्ट व्यक्तीहरुको व्यापक उपस्थितिमा काठमाण्डौको बत्तिसपुतलीको एक पार्टी प्यालेसमा भएको पुस्तक विमोचनमा सभापति देउवाले ओली सरकारले जनतालाई झटा कुरा गरेर झुक्याउन नछाडेको भन्दै आक्रोश पोखेका छन् ।

कार्यक्रममा नेताहरुले नेविसंघका पुर्व अध्यक्ष समेत रहेका नेता घिमिरेको पुस्तकको सफलताको कामना समेत गरेका थिए ।