विचार/ब्लग

विदेशीएका श्रीमानलाई श्रीमतीको अपीलः फर्किनुस् गुन्द्रुक र भात खाएर गाउँमै बसौं

सविना अधिकारी/हो साँच्चै नै कति पीँडादायक छ यो बिदेश जाने भन्ने शब्द । सुन्दा मात्र पनि मन अतालिन्छ, दुख्छ अनि भित्र भित्रै पोलेको महसुस हुन्छ । बिदेश जाने कसैको रहर हो त कसैको बाध्यता । कोहि रहरले बिदेशिन्छन् त कोहि बाध्यताले । मानविय परम्परा या श्रृष्टिको प्रक्रियालाई निरन्तरता दिनका लागि यौंवनावस्थामा, एक परपूरुष र एक परस्त्रीबीच कायम हुने बैवाहिक विवाह बन्धनको शुरुवातीमै बिदेशीनु पर्ने बाध्यता भएका श्रीमान् श्रीमतीलाई मात्र थाहा हुन्छ त्यो क्षणमा छुट्टिनु पर्दाको पीँडा ।

हामी हाम्रो देशमा दुःख गर्न लजाउछौँ र आफुलाई भन्दा बढि माया गर्ने मान्छे (श्रीमान, श्रीती वा, बुबा आमा आफन्तजन)छोडेर बिदेश जान्छौँ । उता गएपछि नेपालमा भन्दा दुःख गर्छाैँ गर्नुपनि पर्छ । अर्काको देशमा भाषा अर्कै हुन्छ, साँस्कृति अर्कै हुन्छ, नियम कानून अर्कै हुन्छन्, परम्परा अर्कै हुन्छ, खानपीनका तरिका पनि फरक हुन्छन् । त्यहाँ घुलमिल हुन नि समय लाग्छ ।

बिदेशमा गएर गर्ने बिभिन्न प्रकारका मानशिक र शारिरिक दुःख आफ्नै देशमा गरेर बिहान बेलुकाको एक छाक खान र शरीर ढाक्ने कपडा भयो भने पक्कै मन रमाउनु पर्ने हो । बिदेशमा गएर चाहे महिनाको करोडाँै नै किन नकमियोस मन खुसि भने पक्कै हुदैन । यो त भयो बाध्यताले बिदेश जानेको कुरा । रहरले बिदेश जानेहरु पनि जाउन्जेल त मन खुसी होला तर त्यहाँ गएपछि मात्र थाहा हुन्छ घरमा आफ्नो परिवारसँग बसेर रमाईलो अनि हाँसखेल गरेर बिताएका दिन त्यँहा रातदिनको व्यस्त जिवन । न त सुत्ने समय छ न त खाने नै । त्यसैले बिदेश जाने रहर नगरौँ आफ्नै देशमा दुःख गरौँ, परिश्रम गरौं, सामान्य जिवन चल्यो भने मात्र नै सन्तोष मानौ ।
हामी हाम्रो देशमा दुःख गर्न लजाउछौँ र आफुलाई भन्दा बढि माया गर्ने मान्छे (श्रीमान, श्रीती वा, बुबा आमा आफन्तजन)छोडेर बिदेश जान्छौँ । उता गएपछि नेपालमा भन्दा दुःख गर्छाैँ गर्नुपनि पर्छ । अर्काको देशमा भाषा अर्कै हुन्छ, साँस्कृति अर्कै हुन्छ, नियम कानून अर्कै हुन्छन्, परम्परा अर्कै हुन्छ, खानपीनका तरिका पनि फरक हुन्छन् । त्यहाँ घुलमिल हुन नि समय लाग्छ ।

बिदेश नगएका जतिपनि नेपाली हुनुहुन्छ बिदेश जाने सपना नै नदेख्नुहोस् र बिदेश गएका नेपाली दाजुभाईहरु आफ्नो करार अवधि सकेर चाडैँ घर फर्कनुहोस र आफ्नो गाउमै केहि गरेर परिवारसँग दुःख सुःख गरेर जीवन बिताउनु होला । ठुलो सपना बोकेर बिदेश जाँदा न त सम्पति न त मान्छे नै यस्ता घटना घटिरहेका छन् ।

कतिपय घरमा श्रीमतीले रातदिन बिदेश नजानु भन्दा भन्दै पनि आफ्नो आमा – बुबा, श्रीमती र आफ्नो प्यारो मुटुको टुक्रा छोराछोरीहरुलाई छोडेर बिदेश जान्छन् धेरैका श्रीमानहरु । कतिपय घरमा भने रुीमतीहरुको अर्काको देखासिक ीगर्ने बानीले कच कच गरेपछि पनि रुश्रीमानहरु बहिरिएका होलान् भने एकातिर परिवार बिरामी, अर्कातिर छोराछोरीको पढाईलेखाई, आर्थिक अवस्था अत्यन्दै कमजोर भएका कतिपय घरमा बाध्यता पनि नभएको होईन वैदेशीक रोजगार । तर सम्झनुहोस त एकचोटि एकातिर बुढा भएका आमा–बुबा रातदिन छोरो सम्झदा सम्झदै मर्ने दिन आउछ । छोरो कहाँ छ भन्ने कुराको अत्तोपत्तो केहि हँुदैन । एउटी नारी आफ्नो जन्मघर छोडेर पराईसँग पुरै जीन्दगी सुम्पिएर आएकी हुन्छे तर उ सँग पनि टाढा भएर बस्नु पर्दा कति बेदना अनि पीँडा झेल्नु पर्छ । अर्कातिर बिचरा ति निर्दाेश बच्चाहरुको तोते बोलि फुट्ने बेलामा बाबा खाई भनेर आँखाबाट आँशु खसाल्दा त्यो आमाको मन कसरी सम्मालिन्छ होला । त्यो त छँदै छ, यो सँगै जोडिएर आउने अर्काे कुरा, श्रीमान् बिदेश गएपछि घरपरिवार अनि समाजमा श्रीमतिलाई हेर्ने दृष्टिकोण त्यो सहन कति गाह्रो हुन्छ ।

श्रीमान वैदेशीक रोजगारमा गएको बेला श्रीमतीलाई पीतृसतात्मक सोचाई अनुसार श्रीमतीलाई घरबाहीर हिड्न नदिने, बाहिरी मान्छेसँग बोल्न नदिने, शंकाको नजरमा हेर्ने, महिलाले राम्रा कपडा लगाएर हिड्न नहुने जस्ता सामाजिक समस्याहरु निम्तिरहेका छन् । । श्रीमान् श्रीमतीसँगै बसेमा अधिकाँस समस्याहरु घट्छन् । समाजमा कुरा काट्नेको सङ्ख्या पनि बढ्छ । श्रीमान् बिदेशमा पसिना बगाउने अनि श्रीमती नेपालमा दुःख गर्ने, एकातिर श्रीमान्लाई बिदेशमा गएर काम गर्ने गाह्रो अर्काेतिर श्रीमतीलाई नेपालमा नै बसेर नि दिन बिताउन गाह्रो । यो सब बुझेर नि बिदेश नजानु होला आफ्नै देशमा दुःख गरेर एक छाक खाने र शरीर ढाक्ने कुरामा आनन्द लिनुस् ।

घरमा श्रीमती बाल बच्चा छोडेर बिदेशमा नै बस्ने, उतै बिहे गर्ने विकृति पनि बढेको पाइन्छ । यसो गर्दा जीन्दगी सुध्रिनुको साटो उल्टै बिग्रिएको पनि पाइएको छ ।

मान्छेका आवश्यकता असिमित हुन्छन् धन जति भए नि पुग्दैन् तर त्यो धन सदाका लागि पनि त हुदैन नि । मान्छे सधैँ बाचिराख्दैन बाचुन्जेल आफ्नो परिवारसगैँ बसेर जति छ त्यतिमै रमाउने गर्यौ भने बिदेश जान पर्दैन र सहज जीवन यापन गर्न सकिन्छ । बिदेश गएर पनि कतिको घर–परिवारमा खुशी छाएको छ भने कतिको घर–परिवारमा झन दुःख भएको देखिन्छ घरमा श्रीमती बाल बच्चा छोडेर बिदेशमा नै बस्ने, उतै बिहे गर्ने विकृति पनि बढेको पाइन्छ । यसो गर्दा जीन्दगी सुध्रिनुको साटो उल्टै बिग्रिएको पनि पाइएको छ । बिदेशमा सोझोलाई पनि अरुको कारणबाट फसाइएको यदा कदा सुनिन्छ आफुले नगरेको गल्तिको सजाय नि भोग्नुपर्दछ । नेपालमा पनि श्रीमान विदेशमा गएको बेला परपुरुषसँग सल्किएर पोईला गएका उदाहरण पनि छन् । एकातिर विदेशबाट कमाएको रुपैयाँपैसा सकिदिएका छन् भने अर्कातिर घरपरिवार बर्बाद गराएका उदाहरणहरु प्रशस्त छन् ।

हो आज तेस्तै आफुले नगरेको गल्तीको सजाय भोगिरहेका छन्, बिनोद रानाभाट । उसलाई पनि त बिदेश गएर कमाउला परिवारलाई सुख दिउला भन्ने आशा थियो त्यै आशालाई निराशामा परिणत भएर कतारको जस्तो जेलमा बस्न बाध्य भएका छन् । बिदेश नगएका जतिपनि नेपाली हुनुहुन्छ बिदेश जाने सपना नै नदेख्नुहोस् र बिदेश गएका नेपाली दाजुभाईहरु आफ्नो करार अवधि सकेर चाडैँ घर फर्कनुहोस र आफ्नो गाउमै केहि गरेर परिवारसँग दुःख सुःख गरेर जीवन बिताउनु होला । ठुलो सपना बोकेर बिदेश जाँदा न त सम्पति न त मान्छे नै यस्ता घटना घटिरहेका छन् । त्यहीँ भएर आफ्नो परिवार छुटेर बिदेश गएर महलमा बस्ने सपना देख्नु भन्दा नेपालमै आफ्नो परिवारसँग दुःख गरेर झुपडि बस्ने सपना देख्नुहोस् यसैमा हामी देशको पनि माया हुन्छ, जिवन पनि सार्थक हुन्छ ।

असल श्रीमतीको चाहना रुपैयाँपैसा, धनदौलत भन्दा पनि पारिवारीक खुशी हुन्छ, त्यसैले गुन्द्रुक र भात खाएर नैपालमा नै बसौं, दुःख सुखमा बाँचौं, आफ्नो गाँउमा नै बसौं, छोराछोरीलाई सरकारी स्कुलमा नै पढाँऔं भन्नेमा परिवर्तन गरौं । नेपाल फर्किऔं, पारिवारीक खुशी फर्काऔं ।

(लेखक अधिकारीका श्रीमान दुई बर्षदेखी जापानमा बसोबास गर्नुहुन्छ । )