समाचार

रोकिएनन् मुलुकमा सवारी दुर्घटनाको दरः जिम्मेवारी निकाय को ?

काठमाडौं । मुलुकभको विकाश संगै विनासको पाटो पनि संग– संगै तफ्तार गतिमा वढ्दो छ । देशभर सवारीसाधन खरिद बिक्री बढेसँगै दुर्घटनाका घटनामा पनि उच्च वृद्धि भईरहेको छ । मुलुकभर विभिन्न दुर्घटनाहरु दैनिकरुपमा घटिरहेको हुन्छन । कारण वाटो–घाटो कोव्यवस्था एकदमै नाजुक हो भने अर्काे चालकको लापर्वाहिका कारण मुलुकभर वार्षक हजारौं नागरिकले दुर्घटनामा ज्यान गुमाईरहेका छन ।

यस्को मुख्य जिम्मेवार सरकार नै हो भन्न सकिन्छ । वाटो घाटो विकाशका लागि प्रत्ययेक आर्थिक वर्षमा करोडौं खर्च भएपनि विभिन्न जिल्ला छिर्ने बाटोको अवस्था निकै नाजुक छन । कारण वजेटको सहि सदुपयोग हुन नसक्दा । साथै सवारी चालकलाई सरकारले राम्रो प्रक्षिण दिन नसक्नु पनि दुर्घटनाको कारण रहेको छ । जो कुरामा सरकारले कहिलै सोच्न नै सकेको छैन । आर्थिक वर्ष २०७५÷७६ मा देशभर सवारीसाधन दुर्घटनामा दुई हजार ७८९ जनाको मृत्यु भएको छ । सो अवधिमा १३ हजार ३६६ सवारीसाधन दुर्घटनामा परेका थिए ।

दुर्घटनामा चार हजार ३७६ जना गम्भीर घाइते तथा १० हजार ३६० व्यक्ति सामान्य घाइते भएका थिए । प्रहरी प्रवक्ता एवम प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार आव २०७४÷७५ को तुलनामा आव २०७५÷७६ मा देशभर सवारीसाधन दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या बढेको छ । आव २०७४÷७५ मा नौ हजार ९८९ सवारीसाधन दुर्घटना हुँदा दुई हजार ३१८ जनाको मृत्यु भएको थियो ।

आव २०७३÷७४ मा भने आव २०७४÷७५ को भन्दा बढी व्यक्तिको सवारी दुर्घटना परी मृत्यु भएको थियो । आव २०७३÷७४ मा १० हजार १७८ सवारीसाधन दुर्घटना हुँदा दुई हजार ३८४ जनाको ज्यान गएको थियो । चालकको लापरवाही, यात्रुको गल्ती, उछिन्ने काम, तीव्रगति, मादकपदार्थ सेवन, यान्त्रिक गडबडी, बढी गहरुङगो सामानका कारण बढी दुर्घटना हुने गरेको पोखरेलको भनाइ छ । प्रहरी प्रधान कार्यालयका अनुसार मोटरसाइकल, ट्रक, टिपर, जीप, कार, ट्र्याक्टर र टेम्पो बढी दुर्घटना हुने गरेको छ ।

उपत्यकामा दुर्घटना बढ्यो

यस्तै काठमाडौँ उपत्यकामा पनि सवारीसाधन दुर्घटनाको सङ्ख्या वर्षेनी बढेर गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आव २०७४÷७५ को तुलनामा आव २०७५÷७६ मा सवारी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या बढेको छ ।

आव २०७३÷७४ मा उपत्यकामा सवारी दुर्घटनाबाट १९४ जनाको मृत्यु भएकामा आव २०७५÷७६ मा उक्त सङ्ख्या बढेर २५४ पुगेको छ । आव २०७३÷७४ मा उपत्यकामा सवारी दुर्घटनाबाट १८२ जनाको ज्यान गएको थियो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले फराकिलो सडक, भौतिक पूर्वाधारको कमी र तीव्र गतिका कारण उपत्यकामा सवारीसाधन दुर्घटनामा वृद्धि भएको बताउएका छन ।

चालकलाई ट्राफिक ज्ञान नहुँदा उपत्यकामा दुर्घटना बढेको उनको भनाइृ छ । महाशाखाले उपत्यकाको सवारी दुर्घटनालाई कम गर्न विभिन्न समय विभिन्न किसिमका जनचेतनामूलक कक्षा सञ्चालन, तीव्र गतिमा गुड्ने सवारीसाधनलाई सीमित गति, सडकको बीच भागमा डिभाइडर राख्नेलगायत काम गर्दै आएको छ ।

किन हुन्छ दुर्घटना ?

लामो समयदेखि महानगरीय ट्राफिक प्रहरी महाशाखामा बसेर काम गर्नुभएका पूर्वप्रहरी उपरीक्षक जगतमान श्रेष्ठ मानवीय कारणअन्तर्गत तीव्र गतिमा सवारी चलाउनु र चालकको लापरवाहीका कारण बढी दुर्घटना हुने गरेको बताएका छन । उनले २५ प्रतिशतभन्दा बढी दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको बताएका छन । श्रेष्ठ तीव्र गतिलाई कम गर्नसके ३० देखि ४० प्रतिशत दुर्घटनामा कमी आउन सक्ने बताए ।

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल सडक सुरक्षित भएमात्र सवारीसाधन दुर्घटनामा कमी आउने भएकाले सडक सुरक्षित गर्न नेपाल प्रहरीले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३५ लाख तथा काठमाडौँ उपत्यकामा ११ लाखको हाराहारीमा सानाठूला सवारीसाधन सञ्चालनमा छन् ।