अन्तर्राष्ट्रिय

जारी गृहयुद्धको सिकार सिरीयाली नागरिकः १० दिनमा सयौंले ज्यान गुमाएः चार लाख विस्थापित

काठमाडौं । सिरीयामा यतिवेलाको अवस्था निकै तनावग्रस्त र कहाली लाग्दो छ । मुलुकमा गृहयुद्ध चलिरहेको छ र सरकारी पक्ष र विद्रोहि पक्षविच विभिन्न हमलाहरु भैरहेका छन । यस्को शिकार भएका छन त्यहाँका नागरिक ।सिरीयामा यस्ता घटना हुनु कुनै नौलो भने होईन वर्षनि हजारौं निर्दोष नागरिकले अकालमै ज्यान गुमाईहेका हुन्छन ।

सिरीयाको यस्तो अवस्था देख्दा र सुन्दा कस्को पो आँखा नरसाउला र । ति भर्खरै फुलदै गरेका कोपिला–कोपिलामै चुडिरहेका छन । ति अबोध वालबालीका जो राम्रोसंग संसार देख्न पाएका छैनन् । देशको यस्तो अवस्थाको शिकार भएका छन । ति भर्खरै आफ्नो आमाको कोखमा आएका नाबालख जो संसार देख्न नपाउँदै मारिन्छन ।

केहिदिन अघि देखीको सिरियामा जारी द्वन्दमा परि सयौं नागरिकको मृत्यु भएको छ । जस्मा कयौं ति अबोध बालबालिका पनि परेका छन । विद्रोही नियन्त्रित क्षेत्रमा सरकारी पक्षले आक्रमण गर्दा १० दिनको अवधिमा २६ बालबालिकासहित १ सय ३ जनाको मृत्यु भएको छ । सिरियाको उत्तरपश्चिमी क्षेत्रबाट तीन महिनाको अवधिमा चार लाख जना विस्थापित भएका छन् ।

सिरियामा यस्तो नाजुक स्थिति आउँदा पनि अन्तर्रा्ष्ट्रिय जगत चूपचाप बसेको भन्दै संयुक्त राष्ट्रसंघको मानवअधिकार संस्था प्रमुख मिशेल बेचलेटले दुःख व्यक्त गरेकी छन् ।मिशेलले भनेकी छन रुससहित सिरिया सरकार समर्थक देशका सेनाले गरेको हवाई हमलाबाट अस्पताल, विद्यालय र बजारमा ठूलो क्षति पुगेको छ ।

यस्तो अवस्थामा पनि अन्तर्रा्ष्ट्रिय जगत मौन बसेको देखेर अचम्म लागेको छ । विषेशगरी इड्लीब र अलेप्पो, हामा र लाताकिया प्रान्तका केही भागहरुमा युद्धको प्रभाव बढी परेको छ । झण्डै दुई तिहाई जनसंख्या आफू बसेको ठाउँबाट विस्थापित भएका छन् ।

विगत आठ वर्षदेखि सिरियामा गृहयुद्ध जारी छ । यस क्षेत्रमा विद्रोहीको नेतृत्व जिहादी गठबन्धनका हायात ताहिर अल शामले गरेका छन् । उनी यसअघि अलकायदामा आवद्ध थिए । इदलिब शहरका साथै उत्तरी हमा र पश्चिमी अलेप्पो विद्रोहीहरुका अन्तिम गढ हुन् ।

गत सेप्टेम्बरमा रुस र टर्कीको नेतृवमा भएको शान्ति सम्झौताअनुसार यी क्षेत्रमा पनि आक्रमण नगर्ने सहमति भएको थियो । शान्ति सम्झौताबाट २७ लाख मानिसहरुले राहत महसुस गरेका थिए । तर २९ अप्रिलदेखि हिंसा भड्किएपछि ३५० जना आम सर्वसाधारणको मृत्यु भइसकेको संयुक्त राष्ट्र संघले जनाएको छ ।

राष्ट्रसंघको मानवीय मामिला निकायका डेभिड स्वान्सनले शुक्रबार दिएको जानकारीअनुसार गत अप्रिलको अन्त्यदेखि अहिलेसम्म चार लाखभन्दा बढी सिरियाली नागरिक विस्थापित भएका छन् । आक्रमण भएको क्षेत्रमा झण्डै ३० लाख बासिन्दा बस्ने गर्दथे । उनीहरुमध्ये आधाभन्दा बढी यसअघि नै विस्थापित भइसकेका थिए । १० दिनको अवधिमा १०३ जनाको मृत्यु भइसकेको छ । मृतकको संख्या बढ्ने क्रम जारी छ ।