अन्तर्राष्ट्रिय

बङ्लादेशमा बाढीका कारण सय वढिको मृत्यु

ढाका । मनसुनसँगै आएको बाढीका कारण बङ्लादेशमा मृत्यु हुनेको संख्या शुक्रबारसम्ममा १०० नाघेको छ । देशका विभिन्न ठाउँमा उनीहरुको मृत्यु भएको र मृतकको संख्या बढ्नेक्रम जारी रहेको अधिकारीहरुले बताएका छन् ।

पछिल्लो ४८ घण्टामा मात्रै मृत्यु हुनेको संख्या झण्डै २० पुगेको छ । योसँगै मृत्यु हुनेको कूल संख्या १०४ पुगेको हो ।
यति ठूलो जनधनको क्षति हुनेगरी आएको मनसुनलाई यस वर्षको अत्यन्त खराब मनसुन मानिएको छ ।

मृत्यु भएका मध्ये अधिकांश डुबानमा परेका हुन् भने केहीको पहिरोले पुरेर, सर्पले डसेर र विद्युतीय करेन्ट लागेर मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । जामाल्पुर जिल्लामा बाढीले डुङ्गा पल्टाउँदा ६ देखि १८ बर्ष उमेरका पाँच बालिकाको मृत्यु भएको जिल्ला प्रशासक अहमद कबिरले एएफपीलाई जानकारी दिएका छन ।