राजनीति

१४ औं महाधिवेशन समयमा नै गर्न प्रकृया अगाडी बढाईने काँग्रेसको निर्णय

काठमाण्डौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन गर्न छलफलग गरेको छ । बैठकले एजेण्डाको दोस्रो वुँदा पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टी संगठनको अन्तरीम व्यवस्था अनुसारको गठन पश्चात् १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रकृया अघि बढाउने सम्वन्धमा छलफल केन्द्रीत रहेको पार्टीले जनाएको छ ।

बैठकमा केन्द्रीय सदस्यहरु— कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह के.सी., डा. मिनेन्द्र रिजाल, एन.पी. साउँद, जीवनबहादुर शाही, धनराज गुरुङ, महेन्द्र यादव, बद्री पाण्डे, पार्वता डी.सी. चौधरी, श्यामकुमार घिमिरे र रामकृष्ण यादवले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।

केन्द्रीय कार्यसमितिको बैठक श्रावण १२ गते आइतबार दिउँसो १ बजे पुनः बस्ने जनाईएको छ ।