अन्तर्राष्ट्रिय

पर्थ सम्मेलनः चीन र अष्ट्रलियाका नेताहरूबीच व्यापारको भविष्यबारे छलफल

सिड्नी । सिड्नी, अष्ट्रेलिया र चीनका उदाउँदा करिब ८० नेताहरूबीच अष्ट्रेलियाको पश्चिमी शहर पर्थमा व्यापार तथा लगानीको भविष्यका सम्बन्धमा छलफल भइरहेको छ ।

बुधबार शुरू भएको सम्मेलन शनिबार सम्पन्न हुँदैछ । अष्ट्रेलिया चीन युवा संगठन ९एसेल्स०द्वारा आयोजना भएको सम्मेलन अर्धबार्षिकरूपमा निरन्तर हुने गर्दछ ।

सम्मेलनमा चीन तथा अष्ट्रेलियाका विद्यार्थी तथा युवा व्यवसायीहरूले कसरी द्विपक्षीय चासो र नागरिकस्तरमा सम्पर्क बढाउन सकिन्छ भन्ने बिषयमा छलफल गरी नयाँ प्रविधि र शीप विकास निर्माणमा केन्द्रित रहेको आयोजक संस्थाले बताएको छ ।

पर्थमा पहिलो पटक भएको यस सम्मेलनमा चीन र अष्ट्रेलियाका प्रतिनिधिमण्डलबीच कूटनीति, उद्यमशिलता, खानीहरूको आविस्कार र स्वास्थ्य सेवाका बिषयले बहसमा स्थान पाएको बताइएको छ ।

“एसेल्सले गरेकाजस्ता कार्यक्रमले पश्चिम अष्ट्रेलिया क्षेत्रलाई तपाइहरूजस्ता युवा विज्ञ र दुइदेशका नागरिकदेखि नागरिकसम्मको सम्बन्ध विकास र विस्तारलाई टेवा पुग्नेछ,” एसियाली युवा परिचालन मन्त्री पिटर टिन्लेले शुक्रबारको सम्बोधनमा बताए ।

सम्मेलनमा ७० भन्दा बढी चिनियाँ कम्पनीहरूसहित ४० भन्दा बढी राज्य सञ्चालित उद्योगका प्रतिनिधिमण्डलको सहभागिता रहेको छ । “पश्चिमी अष्ट्रेलियामा कार्यरत चिनियाँ कम्पनी वा आयोजनाहरूमार्फत उक्त क्षेत्रमा चीनले कुल २० अर्ब ८० करोड अमेरिकी डलर लगानी गरेको छ,” टिन्लेले जानकारी दिए ।

सम्मेलनले आयोजनास्थल पश्चिम अष्ट्रेलियालाई प्रर्वद्र्धन गर्ने र यो विज्ञ, शीप र आविस्कारहरूको स्रोतको भरपुर प्रयोग गर्दै स्तरीय खनिज, उर्जा तथा कृषि उत्पादनका लागि एउटा महत्वपूर्ण गन्तव्य भएको पनि टिन्लेले बताए ।