विचित्र संसार

श्रीमतीले दाउ प्रहार गरेर श्रमिान् मारिन्

काठमाडौँ । पोखरा महानगरपालिका १६ तल्लो गोष्टेमा बसोबास गर्दै आएका अन्दाजी ५० बर्षिय चतुरे भनिने सुकराम परियारलाई उनकै श्रीमती सिता परियारले दाउले टाउकोमा प्रहार गरी हत्या गरेकी छन् । गत बुधबार साँझ दाउ प्रहारबाट घाईते भएका चतुरेलाई स्थानीयको सहयोगमा मातृशिशु मितेरी अस्पताल लगिएको थियो । अस्पतालमा प्राथमिक उपचार पछि अर्को अस्पताल रिफर गरिएको भएपनि आर्थिक अवस्था कमजोर भएका कारण उनका अफन्तले घरमै लगेका थिए । घर पुगेको करिब आधा घण्टामै चतुरेको मृत्यू भएको उनकी सासुले बताईन् । मुख बोल्न नसक्ने श्रीमतीले उनको हत्या गरिएको भनिए पनि त्यसको अन्तिम पुष्टि हुन सकेको छैन । ज्वाइँको छोरीले हत्या गर्न नसक्ने दाबी गर्दै उनकी सासुले आरोप अस्विकार गरेकी छन् । स्थानीयका अनुसार चतुरे साह्रै मिलनशाल र मिजाशीला थिए । उनी सानो उमेरमा अमेरीका समेत पुगेका स्थानीय अगुवाहरुले बताएका छन् । उनको मृत्युका बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । प्रत्यक्षदर्शीले यस्तो देखे, भिडियोमा हेर्नुहोस्ः

 

https://www.youtube.com/watch?v=0nHELGSp5_0