समाचार

प्रभु बैंक र ओर्बिट मेडिकलका बिच एक सहमति पत्रमा हस्ताक्षर

काठमाण्डौँ । प्रभु बैंक लिमिटेड र ओर्बिट मेडिकल इन्टे्रन्स प्रा.लि का बिच शुक्रबार एक सहमति पत्रमा हस्ताक्षर भएको छ । उक्त सहमति पत्र अनुसार ओर्बिट मेडिकल इन्टे्रन्स प्रा.लि को प्रभु बैक लि. आधिकारीक बैक रहेको र उक्त कम्पनी संग आवद्ध शैक्षिक परामर्श सेवा उपलब्ध गराउने संस्थाबाट शिफारिश भइ आएका उच्च शिक्षा हाशिल गर्न विदेश जाने बिद्यार्थीहरुले बैकको सबै शाखाहरुबाट नगद जम्मा गर्ने, बिदेशी मुद्रा सटही सुविधाका माध्यमबाट गरिने आएल्स, टोफेल, पिटिई, सिएई, स्याट, जिआरई, जिम्याट, ट्यूसन फि, आदि शैक्षिक शुल्क भुक्तानी गर्न सक्ने र शैक्षिक कर्जा आवश्यक परेमा सर्व सुलभ तरिकाबाट कर्जा उपलब्ध गराइने उल्लेख छ । सो कार्यलाई अझ सुव्यवस्थित गर्नको लागि बैकको कमलादी शाखालाई मुख्य सम्पर्क केन्द्र तोकिएको छ । बैकको उक्त कार्यबाट धैरे भन्दा धैरे बिदेशमा अध्ययनका लागि जाने बिद्यार्थीहरु तथा तिनका आश्रीतहरु लाभान्भित हुने अपेक्षा गरीएको छ । उक्त सहमति पत्रमा बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री अशोक शेरचन तथा इचदष्त ओर्बिट मेडिकल इन्टे्रन्स प्रा.लि का तर्फबाट कम्पनीका प्रवन्ध संचालक श्री सुनिल रेग्मीले हस्ताक्षर गरेका थिए ।