गण्डकी प्रदेश

मुटु रोगी युवाको उपचार गर्न खर्चको अभाव, सहयोगका लागि आग्रह

बलेवा। मुटुको मध्यभागमा प्वाल परेर काठमाडौँस्थित ‘मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’ मा उपचार गराइरहेका बागलुङका एक युवालाई खर्च अभाव भएको छ । निसीखोला गाउँपालिका–४ झिवाखोलाका १९ वर्षीय श्यामलाल रेग्मी (वसन्त) लाई उपचार खर्च अभाव भएको हो ।

रेग्मीको मुटुमा प्वाल परेपछि शल्यक्रिया गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका छन् । मध्यम परिवारका रेग्मीले मुटुको समस्या पत्ता लगाउनै आफूसँग रहेको रकम सकिएको भन्दै सहयोगको याचना गर्नुभएको छ । गत जेठ १२ गते मुटु दुखेपछि जाँचका लागि उनी उक्त अस्पताल आइपुगेका थिए ।

मुटुको बीच भागमा प्वाल रहेकाले त्यसको शल्यक्रियाका लागि रु छ लाख लाग्ने चिकित्सकले बताएका छन् । परिवारको आर्थिक अवस्था कमजोर रहेकाले लाखौँ खर्चेर शल्यक्रिया गर्न सक्ने अवस्था नरहेको उनले बताए । परिवारमा आम्दानीको स्रोतसमेत नभएकाले उहाँले स्वेच्छिक सहयोगका लागि याचना गरेका  हुन।

रेग्मीको भदौ पहिलो साता मुटुको शल्यक्रियाको समय अस्पतालले तोकेको छ । रेग्मीको उपचारका लागि निसीखोला गाउँपालिकाले समेत आर्थिक सहयोग गरिदिन सबैसँग आग्रह गर्दै सिफारिस उपलब्ध गराएको छ भने स्थानीय युवाले आर्थिक सङ्कलन अभियान चलाएका छन् । आर्थिक सहयोग गर्न चाहने सहयोगी दाताले श्यामलाल रेग्मीको नबिल बैंकको खाता नं ५३१००१७५०१७५७ र प्रभु बैंक निसीखोला शाखामा १६९१०७०१३१७०४६०००००१ तथा सम्पर्क नं ९८६७८६९७०३ र ९८२१३१९९३६ मा सम्पर्क गरी सहयोग गर्न परिवारले आग्रह गरेको छ ।