आर्थिक

एनआई सी एशिया ग्रोथ फण्डको नगद लाभाँश घोषणा

काठमाण्डौँ । एनआई सी एशिया क्यापिटल लिमिटेडको आज बसेको संचालक समितिको ६१औं बैठकले आर्थिक वर्ष २०७५।०७६ कालागिएनआई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालितपहिलो योजना “एनआई सी एशियाग्रोथ फण्ड का इकाई धनीहरुलाई १० प्रतिशत (कर सहित) का दरले हुनआउने रकम रु. ८,३५,२०,००० (अक्षेरेपीः आठ करोड पैतिस लाख बिस हजार मात्र) नगद लाभाँश वितरण गर्ने निर्णय गरेको छ ।

एनआई सी एशिया क्यापिटलले एनआई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको दोश्रो योजना “एनआई सी एशिया ब्यालेन्यड् फण्ड” को प्रतिइकाई मूल्य रु. १० दरका १२ करोड ५० लाखइकाई मिति २०७६ सालश्रावण ०८ गतेदेखि निष्कनशन तथा बिक्री खुल्ला गरेको छ । उक्त ब्यालेन्सड् फण्डको इकाई खरिद गर्नको लागि प्रचलित सामूहिक कोष नियमावली एवं निर्देशिकाको अधिनमा रही नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र (परिचयपत्र) जारी भएकाव्यक्ति, प्रचलित कानून बमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरु जस्तै सञ्चयकोष, कल्याणकारी कोष, गुठी, अक्षयकोष आदिले आवेदनदिन सक्नेछन ।