समाचार

अस्पतालको लार्पवाहिले सुत्केरीको मृत्यु भएको भन्दै स्थानीयद्वाराः सडक बन्द

धादिङ । अस्पताको लार्पवाहिका कारण सत्केरीको मृत्यु भएको भन्दै स्थानीय आन्दोलीत भएका छन । त्रिशुली अस्पतालको लापरबाहीका कारण ३५ वर्षीय सुत्केरीको मृत्यु भएको भन्दै नुवाकोट बेल्कोटगढी–७ महादेवफाँटका स्थानीयले बिहानैदेखि मुख्य सडक बन्द गराएका छन् ।

स्थानीयबासी भेला भई महिलाको घर नजिकै सडकमा टायर बालेर गल्छी–त्रिशुली सडक बन्द गरेका हुन् । हिजो ३५ वर्षीय गोमा बस्ती सुत्केरी भई अस्पतालले थप उपचारका लागि शिशुलाई काठमाडौं पठाए पनि आमा सामान्य छन् भन्दै अस्पताल मै राखेको थियो ।

अत्यधिक रक्तस्रावले थलिएकी सुत्केरीलाई लापरबाहीपुर्ण तवरले अस्पताल मै राखेको कारण उनको मृत्यु भएको स्थानीयको आरोप छ । मृतक महिलाका आफन्तले दोषीमाथि कारवाहीको माग गरेका छन् ।