राजनीति

यस्ता घटना भैरहन्छन् भन्ने गृहमन्त्रीको भन्नाले प्रष्ट हुन्छ महिला अस्मितामा सरकार संवेदनहीनः डा भट्टराई

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले बालिका निर्मला पन्त हत्याकाण्डका विषयमा गृहमन्त्रीको भनाई प्रति खेद प्रकट गरेका छन  ।

भट्टराईले आज सामाजीक सञ्लाज टुईटमार्फत गृहमन्त्रीले केहि दिनअघि निर्मला पन्तको जस्ता घटना कुनै सामान्य नभई सधै भैरहने घटना भएको भनाई प्रति उहाँले दुःख व्यक्त गरेका छन  । यस्ता घटना भैरहन्छन् भन्ने गृहमन्त्रीको भनाइले महिला अस्मिता प्रति राज्य र समाज कति संवेदनहीन छ भन्ने कुरा प्रष्ट हुने उहाले बताएका छन ।

बालिका पन्तको हत्याकाण्ड भएको एक वर्ष बितिसक्दा पनि हत्यारा पत्ता नलाग्नुले सका पुर्ण रुपमा असफ र समकालीन नेपालको अत्यन्त लज्जास्पद घटना भएको उनको तर्क छ ।  साथै उहाँले निर्मलाको न्यायका निम्ति लड्न आफुसंधै तत्पर रहेको बताउँदै बालिका पन्तको न्यायका लागि आवाज जारी राख्न सबैमा आग्रह गरेका छन ।

हत्या भएको आज पुरा एकवर्ष वितिसक्दा समेत हत्यारा पत्तानलाग्नुले कतै सरकाले त संरक्षण गरेको छैन भन्ने प्रश्न पनि आएको उहाको भनाई छ । साथै सरकाले घटनाको अनुसन्धान भैरहेको बताए पनि प्रगती भने शुन्यमै रहेको देखिन्छ ।बालिका निर्ललाको उक्त हत्याकाण्डमा सकारले आलटाल गरिरहेको देखिन्छ । यस्ले पनि वर्तमान सरकार पुर्णरुपले असफल भएको भन्न सकिन्छ उनले लेखेका छन ।