अन्तर्राष्ट्रिय

बेलायतका नवनिर्वा्चित प्रधानमन्त्री बोरिसले (इयू) बाट बाहिरिने सम्बन्धमा छलफल गर्ने

एजेन्सी । बेलायतका नवनिर्वा्चित प्रधानमन्त्री बोरिस जोनसनले यूरोपेली संघ (इयू) बाट बेलायत बाहिरिने सम्बन्धमा यस पहिले भएका सम्झौता र बेलायतको आगामी कदमका बारेमा छलफल हुने भएको छ ।

बेल्जियमको स्थानीय समय अनुसार ५ बजेर ४५ मिनेट जाँदा दुई नेताबीच कुराकानी हुने भएको यङ्करका प्रवक्ता मीना एन्ड्रिभाले पुष्टि गरेका छन । कुराकानीमा ब्रेक्जिटपछिको इयू– बेलायत सम्बन्धबारे गहन छलफल हुने अपेक्षा गरिएको छ ।

बुधबार प्रधानमन्त्रीकोरूपमा सपथ खानुभएका जोनसन पूर्व प्रधानमन्त्री टरिजा मेद्वारा इयूसँग गरिएको सम्झौता बेलायतको हितमा नभएको भन्दै इयूसँग नयाँ सम्झौता गर्नुपर्छ भन्ने सत्ताधारी अनुदारवादी दलका प्रखर नेता हुन ।
ब्रेक्जिटको पक्षमा बेलायती जनतासँग जनमतसङ्ग्रहमा उहाँको सक्रिय भूमिका रहेको थियो ।