राजनीति

केन्द्रीय समिति बैठकमा नेता जोशीको मागः पार्टीको अधिवेशन छिट्टै गरौं

काठमाडौं । नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नविन्द्रराज जोशीले नेपाली काङ्ग्रेसको जारी केन्द्रीय समिति बैठकमा बोल्नेक्रममा पार्टीको महाधिवेशनको कार्यतालिका सहित मिति तोकिनुपर्छ कुरा उठाएको उनी निकट स्रोतले जानकारी दियो ।

जोशीले महाधिवेशनले कार्यकर्तामा उत्साह बढ्ने र महाधिवेशन बाट कार्यकर्तामा एककिसिमको उर्जा थपिने हुँने भएकालेपनि समयमानै महाधिवेशन सम्पन्न गर्नुपर्ने विषय उठान गरेका थिए । उनले बोल्ने क्रममा पार्टीको बिधानको धारा ३५को२ (घ) बमोजिम केन्द्रीय महाधिवेशनको १ वर्ष पहिलेनै स्थानीय स्तरको अधिवेशन सम्पन्न गरिनुपर्ने प्राबधान बमोजिम तत्काल स्थानीय स्तरबाट महाधिवेशनको प्रक्रिया अघि बढाउन पार्टी सभापति लाई आग्रह गरेका थिए ।
उनले जनताले नेकपाको विकल्प खोजेको र त्यसको विकल्प काङ्ग्रेसनै भएको हुँदा जोशीले देउवालाई पार्टीलाई एकढिक्का बनाएर लान र अशल प्रतिपक्षको भूमिका खेल्न आग्रह गरेका थिए ।