बाग्मती

सरकारका गलत कामको बिरोधमा एकजुट हुन नेविसंघका नेताहरुको माग

काठमाण्डौ । नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा नेपाल बिद्यार्थी संघले बर्तमान राजनीतिक परिबेशमा बीपीको समाजबाद बिषयक कार्यक्रम आयोजना भएको छ ।

कार्यक्रममा नेविसंघका पुर्व कोषध्यक्ष पदमराज पन्तले नेपाल बिद्यार्थी संघ नेतृत्व बिहिन बिद्यार्थीको मनोबल उच्च राख्न नसको, काम गर्नेहरु भन्दा पद मात्र आगट्नेहरुका कारण पार्टी कमजोर देखिएकाले सबैले एकसाथ सक्रिय भई पार्टी बलियो बनाउनु पर्ने पर्ने, बीपीको समाजबाद, बीपीको विचार मार्गदर्सनलाई अनुसरण गर्दै अगाडि बढ्नु पर्ने र सरकारले गर्ने नागरिक अधिकार बिरोधि गतिविधिको बिरुद्धमा एकजुट हुनु पर्ने बिचार राखेका थिए ।

अधिवक्ता एवं नेता सुरेन्द्र सिंह ऐरले नेबिसंघ, पार्टीका भतृसंस्था समेत नेतृत्व बिहिन, संगठनमा आन्तरिक लोकतन्त्र, नेता कार्यकर्ताको उचित मुल्यांकन नभएका कारण पार्टी कमजोर भएको र नेपाली जनताको स्वतन्त्रता हरेक किसमका नगरिक हक अधिकार नेकपा अध्यक्ष केपी ओली सरकारले कुण्ठित गरेको बताए ।
वक्ताहरुले काँग्रेसमा नेतृत्वले अडान लिन नसकेको हुंदा सम्पूर्ण बिद्यार्थी, सिङ्गो पार्टी पंक्ति एक भएर, गुट उपगुटमा नलागी अग्रगामी एजेन्डाका साथ पार्टीलाई बलियो बनाउदै अगाडि बढ्नु पर्ने र सरकारले गर्ने गलत निर्णयको बिरुद्ध उत्रदै जनताका हक अधिकारको पक्षमा अवाज उठाउनु पर्ने बिचार ब्यक्त गरेका थिए ।

कार्यक्रममा बिष्णु दत्त जोशी, शंकर पौडेल, कैलाश चन्द, खगेन्द्र खड्का सहितले आफ्नो मन्तब्य राख्दै सरकारको रबैया गैरसंवैधानिक गैरकानुनी कार्यको बिरुद्ध एक जुट भएर लाग्नु पर्ने, निर्मला पन्त जस्ता पीडिडितलाई न्याय दिलाउन आवाज उठाउनु पर्ने, बिश्वबिद्धालयलयमा कम्युनिस्टहरुले विधि प्रकृया कानुन नियम मिचेर शैक्षिक संस्था धरासायी बनाएकाले त्यसलाई जोगाउनु पर्ने र सम्पूर्ण लोकतान्त्रबादीहरु एक भई सरकारका गलत निर्ययलाई रोक्नु पर्ने बिचार राखेका थिए ।

सयौं विद्याथीको राजधानीका विभिन्न कलेजबाट उपस्थित बिद्यार्थीले आअफ्नो धारणा राखेका थिए ।