मनोरञ्जन

शान्ति श्रीको स्वरमा मिनी मोडल वल्ड प्रिन्साको अभिनय

काठमाण्डौं । गित संगीतमा छुट्टै परिचय बनाएका युवा गायक तथा मोडल जय देवकोटाको नयाँ गित बर्खा २ सार्वजनिक भएको छ । अहिलेकि चर्चित गायिका शान्ति श्री परियार र जय देवकोटाको स्वर रहेको उक्त गितको लय तथा शब्द पनि जय देवकोटा स्वयं कै रहेको छ ।

स्टुडियो तरङ डिजिटल मार्फत रेकर्डिंग गरिएको बर्खा २ मा रमा थपलिया, जय देवकोटा, काजल, बाल कलाकारहरुमा मिनी मोडेल वल्ड २०१९ प्रिन्सा खड्का र अभिनव केसिले अभिनय गरेका छन् । मदन खड्काले डिरेक्सन गरेको उक्त भिडियोको सिनेमाटोग्राफी बिरेन्द्र भट्टले गरेका हुन भने एडिटिंग अनिल रानाले गरेका छन् ।

गाउँले जीवनको जीवन्ततालाई उतार्न खोजिएको उक्त म्युजिक भिडियोमा सानोमा आमाले साहुको घरमा काम गरेर आफ्ना छोरा छोरी हुर्काउछिन, गरिबीले राम्रो खाना राम्रो लाउन पाएका हुँदैनन । साहुले घरमा दिएको खाना आमाले घरमा लगेर छोराछोरीलाई खुवाउछिन । तर छोराछोरी पछि गएर जेहेन्दार हुन्छन् र भन्छन् ‘आमा अब हामी ठुला भैसक्यौँ अब हजुरले पिर लिनुपर्दैन’ भन्ने संदेशमुलक कथा समेट्न खोजिएको छ । बाँकी भिडियोमा हेर्नुहोस:

 

https://youtube.com/watch?v=cnoryRLs638%3Frel%3D0%26amp%3Bcontrols%3D0%26amp%3Bshowinfo%3D0