आर्थिक

नवनियुक्त कार्यकारी पौडेलद्वारा सन्राइज बैंकमा हाजिर

काठमाण्डौ । जनक शर्मा पौड्यालले औपचारिक रmपमा सन्राइज बैंकको प्रमुख कार्यकारी अधिकृतको कार्यभार प्रारम्भ गरेका छन् । सन्राइज बैंकको संचालक समितिका आषाढ २७गते बसेको ३२० औ बैठकको निर्णयानुसार बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा जनक शर्मा पौड्याललाई नियुक्त गरिएको थियो ।

प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले तत्कालिन नेपाल अरब बैंक (हाल नबिल बैैक) मा ईस्वी सम्बत १९८७ बाट सेवा प्रवेश गरी करिब ११ वर्षको कार्यानुभव लिएका बैंकर हुन् । त्यसै गरी एनआईसी बैंकमा ५ वर्ष र लक्ष्मी बैंकमा करिब २ वर्षको कार्य गरेका थिए ।

तत्पश्चात उनी अध्ययनको लागि बेलायत गएको र बेलायतस्थित बार्कलेज् बैंकमा करिब ४ वर्ष ६ महिनाकार्य समेत गरेका थिए । बेलायतबाट फर्के लगतै ग्लोबल आईएमई बैंक लिमिटेडको विभिन्न उच्च पदमा कार्यरित रही ११ बर्ष कार्य गरी प्रमुख कार्यकारी अधिकृतको रुपमा समेत जिम्मेवारी सम्हालेका थिए । उनीसंग ग्लोबल आईएमई क्यापिटलको स्थापना गरी सोको संचालक÷अध्यक्ष भएको अनुभव समेत रहेको छ । उनले बैंकिङ्ग क्षेत्रमा ३२ बर्षभन्दा बढिकार्य गरिसकेका छन् ।