राजनीति

ओली सरकारले निर्मलालाई न्याय दिन सक्दैन, बरु बलात्कार गर्ने अपराधीलाई उत्शाह थप्दैछ: नेता गुरुङ

काठमाण्डौ । नेपाली काँग्रेसका युवा नेता धनराज गुरुङले अपहरणपछि, बलात्कार र हतया गरिएकी कञ्चनपुरकी १३ बर्षीया बालीकालाई नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले न्याय दिन नसक्ने ठोकुवा गरेका छन् । नेता गुरुङले निर्मलाको हत्या भएको एक बर्ष पुगेको स्मरण गर्दै दशी प्रमाण जोगाउनुपर्ने ठाँउमा दशी प्रमाण भएका भीडियोहरु मेट्टाउदै जानुले उक्त कुराको प्रमाणित गरेको बताएका छन् ।

नेता गुरुङले पछिलला समयमा ओली सरकारका शक्रीसाली रहेका गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तका जस्ता बलात्कारका घटना पुनः दोहोरिन सक्ने बताउनुले गृहमन्त्री अपराधीलाई निश्तेज गर्ने भन्दा प्रोत्साहन गर्नेृ कार्यमा लागेको दाबी गरेका छन् ।

नेता गुरुङ भन्छन्, ‘निर्मला पन्तको बलत्कारपछि हत्या गरिएको एक वर्ष पुग्यो। निर्मलाको शव फेला पारेपछि दशी प्रमाण जोगाउनु पर्नेहरुले नै मेटाउँदै गरेको भीडियोले प्रमाणित गर्छ, निर्मलालाई सरकारले न्याय दिंदैन। बरु यस्ता घटना भइरहने भन्दै गृहमन्त्रीले अपराधीहरुलाई प्रोत्साहित गरिरहेछ।’