आर्थिक

दक्षिण कोरियामा रहेका नेपालीद्वारा रु दुई लाख १२ हजार मिर्गौलापीडित श्रीसलाई आर्थिक सहयोग

कास्की। दुवै मिर्गौलामा समस्या आएर उपचाररत बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटीका ३६ वर्षीय गमप्रसाद श्रीसमगरलाई आर्थिक सहयोग प्रदान गरिएको छ । बागलुङ समाज, दक्षिण कोरियाका पूर्वअध्यक्ष यम श्रीस, मीन पुन, झरना पुन र मोन रानाको सक्रियतामा दक्षिण कोरियामा रहेका नेपालीले सङ्कलन गरेको रु दुई लाख १२ हजार पीडितलाई प्रदान गरिएको छ ।

राजधानी काठमाडौँका विभिन्न अस्पतालमा उपचार गराएपए। सचिव श्रीस, बागलुङ–पोखरा मगर समाजका पूर्वअध्यक्ष एवं सल्लाहकार भीमबहादुर श्रीसलगायतको उपस्थितिमा पीडितलाई सो सहयोग रकम प्रदान गरिएको थियो ।

मिर्गौला प्रत्यारोपणका लागि ठूलो धनराशि खर्च हुने भएकाले अर्थाभावका कारण उपचारमा समस्या भएको पीडित श्रीसले बताए। यसअघि पनि जापानमा सङ्कलन गरिएको रु पाँच लाख ५० हजार सहयोग प्राप्त भए पनि चिकित्सकले मिर्गौला प्रत्यारोपणका लागि रु ३० देखि ४० लाख खर्च हुने बताएकाले सहयोग रकम जुटेमा मिर्गौला प्रत्यारोपणका लागि प्रक्रिया अघि बढाउने उनले उल्लेख गरे ।

नियमित डाइलासिस र थप उपचारमा आर्थिक समस्या भएकाले सहयोगका लागि उनले सबैसँग याचना गरेका छन् । वैदेशिक रोजगारीमा रहेकै अवस्थामा स्वास्थ्यमा समस्या आएपछि स्वदेश फर्किएको र उपचारको क्रममा ठूलो धनराशि आवश्यक पर्ने भएकाले सहयोग गर्न चाहनेले उउनको फोन नं ९८४८९५११३५ मा सम्पर्क गरेर सहयोग गर्न आग्रह गरेका छन् ।