आर्थिक

महालक्ष्मी विकास बैँक एक नम्बरको विकास बैक अवार्डबाट सम्मानित्

काठमाण्डौ । नेपाली लेखाव्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आयोजना गरेको बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बिपिए) अवार्ड २०१८, समारोहमा विकास बैँकतर्फ महालक्ष्मी विकास बैँकले प्रथम स्थानप्राप्त गरी सो अवार्ड हासिलगर्न सफल भएको छ ।

उक्त समारोहमा अर्थमन्त्री डा. युवराज खतिवडाले बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेलाई सो अवार्ड प्रदान गरेका थिए ।बैँकले पाएको यस सफलताको श्रेय बैँकका ग्राहकवर्ग, नियमकनिकाय, शुभचिन्तक एवं शेयरधनीहरुलाई विकास बैंकले दिएको छ ।